बिहिबार, चैत २७, २०७६
GokarnaNews

कब्जा भएको सार्वजनिक जग्गामा मन्त्रीले गाडिन सरकारी बोर्ड

कब्जा भएको सार्वजनिक जग्गामा मन्त्रीले गाडिन सरकारी बोर्ड

काठमाडौं – सरकारले कब्जा गरिएका सार्वजनिक जग्गा खाली गराउने कार्य सुरु गरेको छ ।

भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्यमा अर्यालको उपस्थितीमा आइतबार कब्जा भएको सार्वजनिक जग्गामा बोर्डनै राखेर सरकारी जग्गा फिर्ता ल्याउने अभियानको सुरुवात गरिएको हो ।

काठमाडौं महानगरपालिकाको वडा नम्बर ३१ मा रहेको ५ हजार वर्गमिटर अतिक्रिमित जग्गामा मन्त्री अर्यालले सरकारी बोर्ड गाडेको थिइन ।

कडा सुरक्षाका बीच मन्त्री अर्यालले सरकारी जग्गामा तारवार गरेकी हुन ।

स्थानीय केही व्यक्तिहरुले भने सो जग्गा २०२२ सालदेखि नै आफुहरुले उपभोग गर्दै आइरहेको दाबी गरेका थिए । त्यसक्रममा केही बेर तनाव समेत उत्पन्न भएको थियो ।

मन्त्री अर्यालले सरकारी जग्गामा आँखा लगाउनेलाई कुनै हालतमा पनि नछोड्ने चेतावनी दिइन ।

लामो समयसम्म स्थानीय निकाय नहुँदा दुषित मनसाय भएका व्यक्तिले फाइदा उठाएको उनको भनाइ थियो ।

मन्त्रालयले अतिक्रमित जग्गा सरकारका नाममा ल्याउने कार्यलाई तीब्रता दिने बताएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु