शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

स्वास्थ्य मन्त्रालयले भन्यो– “कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित छन्”

स्वास्थ्य मन्त्रालयले भन्यो– “कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित छन्”

काठमाडौं– कोरोनाको आशंका गर्दै चीनमा रोकिएका ४ जना नेपाली सुरक्षित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । आइतवार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका सह प्रवक्ता सागर दाहालले उद्धार गरि नेपाल ल्याउने क्रममा ज्वरो देखिएका चार जनाको अवस्था अहिले सामान्य रहेको बताए ।

उनीहरुको थ्रोट स्वाब (र्‍याल) को नमूना परीक्षणका लागि पठाइएको जानकारी चीन स्थित नेपाली दूतावासले दिएको दाहालले जानकारी दिए ।

‘चीनमा कोरोनाको आशंका गरिएका चार जनाको नमूना संकलन गरि परीक्षण गर्न पठाइएको छ । उहाँहरुलाई पहिला रहेकै स्थानमा सुरक्षित रुपमा पुर्‍याइएको छ’दाहालले भने, ‘दूतावासले नै उहाहरूलाई उहाँको बस्ने ठाउसम्म सुरक्षित तरिकाले पुर्याएको छ।’

दाहालका अनुसार चीनमा चार जनामाथि कोरोनाको आशंका गरिएको बताए । कोरोनाको आशंका गरिएका एक जनाका पत्नी र छोराछोरी पनि नआएको उनको भनाइ छ ।

सरकारले चीनमा रहेका नेपालीको उद्धारका लागि शनिवार विमान उहान पठाएका थियो । उहानबाट उद्धार गरि ल्याइएका १ सय ७५ जनालाई अहिले खरिपाटिस्थित क्वारेन्टाइनमा राखिएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु