शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

२० वर्षीया युवतीले लगाइन् पुलिस अधिकारीमाथि सामूहिक बलात्कारको आरोप

२० वर्षीया युवतीले लगाइन् पुलिस अधिकारीमाथि सामूहिक बलात्कारको आरोप

भारतको गोखरपुरमा २० वर्षीया एक युवतीले दुई पुलिस अधिकारीमाथि आफूलाई बन्धक बनाएर सामूहिक बलात्कार र कुटपिट गरेको आरोप लगाएकी छिन् । पुलिसले घटना दर्ता गरेको छ तर पुलिसका अनुसार पहिलो पटक यो घटना ‘नक्कली’ लागिरहेको छ । पीडित महिला अहिले गोरखपुरको एक अस्पतालमा उपचार चलिरहेको छ ।

गोरखनाथ इलाकामा बस्ने २० वर्षीया यी युवती बिहिबार राती घर फर्किरहेको बताइन्छ । त्यति नै बेला दुई पुलिस अधिकारीले उनलाई जबर्जस्ती मोटरसाइकल पछाडि राखेर एक होटलमा पुर्‍याएको र एउटा भवनमा लगेर पालैपालो बलात्कार गरेको जानकारीमा उल्लेख छ ।

अबेर राती घर पुगेकी युवतीले शुक्रबार बिहान आमालाई यसबारे जानकारी दिइन् । त्यसपछि युवतीकी आमाले उनलाई अस्पताल भर्ना गरिन् जहाँ उनको उपचार चलिरहेको छ ।

अस्पतालमा भर्ना भएकी युवतीले मिडियालाई भनिन्, ‘राती करिब ९ बजे म घर फर्किरहेकी थिएँ । मलाई दुई व्यक्तिले जबर्जस्ती बाइकमा राखे । दुबैजना पुलिसको पोसाकमै थिए । मलाई धम्काउँदै रेलवे स्टेशन नजिकैको एक भवनमा पुर्‍याए र ममाथि बलात्कार गरे । ती दुईले ममाथि असाध्यै कुटपिट पनि गरे त्यसपछि ६ सय रुपैयाँ दिएर अटो चढेर घर जान भने ।’

यद्यपि, गोरखपुर पुलिसले यो घटनालाई ठाडै अस्विकार गरेको छ ।

गोरखपुरका वरिष्ठ पुलिस अधिकारी डाक्टर सुनिल गुप्ताले बीबीसीसँगको कुराकानीमा भने, ‘होटलको सिसिटीभी फुटेज र गार्डको बयानको आधारमा यस्तो लाग्छ कि ती युवती आफ्नो मर्जीले होटल गएकी थिइन् । जुन व्यक्तिसँग उनी गएकी थिइन्, ती एक्ला व्यक्ति थिए र उनले पुलिसको युनिफर्मसमेत लगाएका थिएनन् । त्यसकारण सरसर्ती हेर्दा घटनामा शंका गर्नुपर्ने स्थिती छ तरपछि पुलिसले मुद्दा दर्ता गरेको छ र कारवाही गरिँदै छ ।’

एसएसपीले होटलको सिसिटीभी फुटेजको आधारमा घटना नक्कली जस्तो लागेको बताए पनि युवतीले आफ्नो बयानमा कुनै होटलको कुरा गरेकी छैनन् । पीडितका अनुसार उनलाई पुलिसले कुनै घरमा लगेको र ती पुलिसलाई अगाडि देखे चिन्ने समेत बताएकी छिन् ।

पिडित युवती भन्छिन्, ‘पुलिस अधिकारीले मलाई त्यो रात करिब १ बजे छोडेका थिए र म निकै गाह्रो गरी अटोमार्फत् घर पुगेँ ।’

ती युवती गोरखनाथ इलाकामै बस्छिन् र आफ्नो घरमा बच्चाहरुलाई ट्युसन पढाउँछिन् ।

युवतीकी आमाले भनिन्, ‘राती उनले हामीलाई केही पनि भनिनन् तर जब उनको स्वास्थ्य खराब हुनथाल्यो तब मात्रै उनले यसबारे जानकारी दिएकी हुन् । उनी पीडाका कारण रातभरी रोइरहिन् । त्यसपछि हामीले उनलाई अस्पताल पुर्‍यायौं ।’

सम्बन्धित समाचारहरु

वडा समाचारहरु