बिहिबार, चैत २७, २०७६
GokarnaNews

केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री

केजरीवाल तेस्रो पटक दिल्लीको मुख्यमन्त्री

काठमाडौं –अरविन्द केजरीवाल तेस्रोपटक भारतको राजधानी रहेको राज्य दिल्लीको मुख्यमन्त्री बनेका छन्। आम आदमी पार्टीका संयोजक केजरीवालले आइतबार दिल्लीको रामलिला मैदानमा भएको विशेष समारोहमा मुख्यमन्त्रीको शपथ लिएका हुन्।

उनलाई उपराज्यपाल अनिल बैजलले पद तथा गोपनीयताको शपथ गराएका हुन्। केजरीवालपछि मनीष सिसोदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र गौतमले मन्त्री पदको शपथ लिएका छन्।

केजरीवालको मन्त्रीमण्डलमा महिला सदस्य भने छैनन्। यस विषयलाई लिएर विरोध भएको छ। केजरीवालले शपथ ग्रहणमा सहभागी हुनका लागि कुनै पनि राज्यका मुख्यमन्त्रीलाई निम्ता पठाएका थिएनन्।

आपले शपथ ग्रहण समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई निमन्त्रणा गरेको थियो। तर मोदी आफ्नो संसदीय क्षेत्र वाराणसी गएका छन्। दिल्लीका सातै सांसद, सबै निगम पार्षद, भाजपा तथा कांग्रेसका प्रदेश अध्यक्षलाई पनि निमन्त्रणा दिइएको थियो।

दिल्ली विधानसभा चुनावमा लगभग एकतर्फी जस्तै जित हासिल गरेको आम आदमी पार्टी (आप) लगातार तेस्रोपटक दिल्लीको सत्तामा फर्किएको हो।

केजरीवालले यसअघि २०१३ को डिसेम्बर, २०१५ को फेब्रुअरीमा दिल्लीको मुख्यमन्त्रीको शपथ लिएका थिए।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु