बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

चीनबाट १७५ जना नेपाली स्वदेश ल्याइयो,६ जनामा सामान्य ज्वरो देखिएपछि नेपाल आउन पाएनन्

चीनबाट १७५ जना नेपाली स्वदेश ल्याइयो,६ जनामा सामान्य ज्वरो देखिएपछि नेपाल आउन पाएनन्

काठमाडौं – चीनको हुबेइ प्रान्तका ६ सहरमा रहेका १ सय ७५ जना नेपालीलाई काठमाडौं ल्याइएको छ । नेपाल वायुसेवा निगमको जहाजले घर फर्कन चाहने ती नेपालीलाई वुहानबाट काठमाडौं ल्याएको हो ।

विमान आज बिहान तीन बजे काठमाडौंमा अवतरण गरेको हो । बेइजिङ दूतावासका अनुसार जहाजमा १ सय ७० विद्यार्थी, १ कामदार, २ अन्य यात्री र २ बालबालिका नेपाल फर्किएका हुन् ।

चीनमा रहेको नेपाली दूतावासले ६ विभिन्न सहरमा आउने नेपालीका लागि ६ वटा गाडीको व्यवस्था गरेको थियो । वुहानबाट ५५, एन्सीबाट २६, सियानबाट २९, यिचाङबाट ८, जिङमेनबाट ९ र जिङ्जाओबाट ४८ यात्रुसहित १७५ जना लिएर विमान आएको हो ।

विमानमा चढ्नुअघि यात्रुहरुको आवश्यक स्वास्थ्य जाँच गरिएको थियो । चार जना यात्रुले अन्तिम समयमा वुहानमै बस्ने निर्णय गरेका थिए भने ६ जनाले स्वास्थ्यका कारण नेपाल फर्कन नपाएको दुतावासले जनाएको छ ।

यसैबीच चीन गएको जहाजमा नेपालले सहयोग दिएका १ लाख थान मास्क पनि वुहान पु¥याइएको थियो । नेपाल ल्याइएका सबैजनालाई दुई सातासम्म भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिनेछ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु