मङ्गलबार, चैत २५, २०७६
GokarnaNews

ए डिभिजन लिगः थ्रीस्टारले जीतसँगै यो सिजनको अन्त्य गर्दा च्यासल पराजित

ए डिभिजन लिगः थ्रीस्टारले जीतसँगै यो सिजनको अन्त्य गर्दा च्यासल पराजित

काठमाडौं – सहिद स्मारक ए डिभिजन लिगमा च्यासल युथ क्लबलाई पराजित गर्दै थ्रि स्टार क्लबले सिजनको शुखद् अन्त्य गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा थ्रिस्टारले च्यासललाई २–० गोल अन्तरले पराजित गर्दै सिजनको अन्त्य गरेको छ ।

यो सँगै थ्रीस्टार १२ खेल खेलेको मनाङ भन्दा १ अंकले अगाडि रहेको छ । १३ खेल खेलेको थ्रीस्टारले ८ खेलमा जीत २ खेलमा बराबरी र ३ खेलमा हार व्येहोर्दै २६ अंकसहित लिगको अन्त्य गरेको छ ।

यस्तै, १२ खेल खेलेको मनाङको २५ अंकरहेको छ भने आजै केही समयमा हुने खेलमा मनाङले जावलाखेलसँग आफ्नो अन्तिम खेल खेल्दैछ । उक्त खेल जिते मनाङ तेस्रो स्थानमा उक्लिनेछ भने जावलाखेलसँग पराजित भए थ्रीस्टार तेस्रो स्थानमा रहनेछ ।

अन्तिम खेलमा च्यासलविरुद्ध थ्रीस्टारका लाल राम्मभारा र अनन्त तामाङ समान एक–एक गोल गरे । खेलको ७० औं मिनेटमा लालले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए भने खेलको अतिरिक्त समयमा तामाङले गोल गर्दै टिमलाई दोहोरो अग्रतासहित जीत दिलाएका थिए ।

च्यासलले १५ अंकसहित आठौं स्थानमा रहँदै लिगको अन्त्य गरेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु