सोमबार, असार २२, २०७७
GokarnaNews

कांग्रेस सांसद एवं महाधिवेशन प्रतिनिधि उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

कांग्रेस सांसद एवं महाधिवेशन प्रतिनिधि उपाध्यायको निधनप्रति सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रियसभाका सांसद एवं पार्टीका महाधिवेशन प्रतिनिधि दुर्गाप्रसाद उपाध्यायकोे निधनप्रति दुःख व्यक्त गरेका छन् ।

क्यान्सर रोगबाट पीडित सांसद उपाध्यायको उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

सभापति देउवाले शुक्रबार शोक वक्तव्यमार्फत् उनको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् ।

सांसद उपाध्यायको निधनबाट पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै सभापति देउवाले पार्टी र आफ्नो व्यक्तिगततर्फबाट श्रद्धाञ्जलि अर्पण गरेका छन् ।

उनले सांसद उपाध्यायको निधनको खबरले दुखित र स्तब्ध भएको उल्लेख गर्दै उपाध्यायले नेपालको लोकतान्त्रिक आन्दोलन र पार्टीको संगठनमा सक्रिय योगदान पुर्‍याएको बताएका छन् ।

वि.सं. २०२६ मा जन्मिएका उपाध्याय विसं २०४६ को जनआन्दोलनदेखि कांग्रेसमा सक्रिय रहँदै आएका थिए ।

विसं २०५४ को स्थानीय निर्वाचनमा रुपन्देहीको साविक मधुवनी गाविसमा उनी उपाध्यक्ष पदमा निर्वाचित भएका थिए ।

कांग्रेसको १२औं र १३औं महाधिवेशनमा उपाध्याय दुई कार्यकाल क्षेत्रीय सभापतिसमेत थिए ।

विसं २०७४ मा उनी कांग्रेसका तर्फबाट प्रदेश नम्बर–५ बाट राष्ट्रियसभाको सदस्यमा निर्वाचित भएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु