सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

‘किसिङ’ सिनमा प्रतिबन्ध!

‘किसिङ’ सिनमा प्रतिबन्ध!

एजेन्सी – कोरोना भाइरसको संक्रमणको डरले ताइवानमा धारावाहिक टेली सिरियलमा किसिङ सिनमा ‘ब्यान्ड’ (रोक लगाइएको) गरिएको छ ।

चीनको वुहान शहरमा कोरोना भाइरसको संक्रमणले जनजीवन अस्तव्यस्त भएको छ । उक्त भाइरसका कारण सयौंले ज्यान गुमाएका छन् भने हजारौंमा संक्रमण देखिएको छ ।

सोही कुरालाई मध्यनजर राख्दै ताइवानका टेली सिरियलहरुमा किसिङ सिनको सुटिङमा ब्यान्ड गरिएको छ । त्यस्तै सुटिङका क्रममा कलाकारहरुलाई धेरै नजिकिनबाट बँच्न पनि सुझाव दिइएको छ ।

युनाइटेड डेलीका अनुसार कोरोनाको संक्रमणको भयले यस्तो प्रतिबन्ध लगाइएको हो ।

फोरमोसा टिभीमा प्रसारित हुने सिरियल गोल्डल सिटीमा कलाकारद्वय मिया चिऊ र जुन फूका बीचमा लामा लामा किसिङ सिनहरु हुने गरेका थिए ।

त्यसो त कोरोनाकै कारण ताइवानस्थित सानो पर्दाका कलाकारहरु भीडभाड हुने स्थानमा खिचिने दृष्यबाट बँच्दै आएका छन् । साथै निर्माण सदस्यहरुलाई पनि मास्क लगाएर काम गर्न भनिएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382