सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस

आज ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस

काठमाडौं – विश्वभर आजको दिनलाई भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवसका रुपमा मनाइँदैछ ।

पछिल्लो समय नेपालमा पनि युवा युवतीहरुले प्रेम दिवसलाई चाडकै रुपमा मनाउन थालेका छन् । सहरी क्षेत्रमा यो दिवस संस्कृतिकै रूपमा मौलाएको छ । यो दिन प्रेमिप्रेमिकाले एक अर्कालाई उपहार दिएर माया दर्साउने र प्रेम प्रस्ताव राख्ने गर्छन् । युवापुस्ताले भ्यालेन्टाइन डेलाई प्रेमसम्बन्ध प्रगाढ बनाउने अवसरका रूपमा लिने गर्दछन् ।

भ्यालेन्टाइन डेको सुरुवात इस्वी संवत् २६९ मा रोमनबाट भएको हो । इटलीका सम्राट क्लाउडिअस द्वितीय ले सेना भित्रको विवाहमा प्रतिबन्ध लगाँउदा भ्यालेन्टाइन नाम गरेका पादरीले सम्राटको त्यो अभियानलाई सार्वजनिक रूपमै उल्लङ्घन गर्ने घोषणा गरेका थिए ।

सैनिकले नारीसँगको सम्बन्ध कायम गर्दा कमजोर हुने भन्दै सम्राटले प्रेम र विवाहमा रोक लगाएका थिए । आफ्नै अभियानविरुद्ध गतिविधि सह्य नभएपछि सम्राटले पादरीलाई पक्राउ गरी मृत्युदण्डको सजाय दिएका थिए । झुण्ड्याईनुभन्दा केही दिनअघि ‘लब फ्रम योर भ्यालेन्टाइन’ भनी हस्ताक्षरसहितको प्रेमपत्र पादरीले आफ्नी प्रेमिका दिएका थिए ।

भ्यालेन्टाइनलाई सन् २६९ को फेब्रुअरी १४ तारिखका दिन मृत्युदण्ड दिइएको थियो । प्रेमका लागि भ्यालेन्टाइनको यही बलिदानको सम्मानमा भ्यालेन्टाइन डेका रूपमा मनाउन थालिएको हो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382