बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

महानिरीक्षक ज्ञवालीद्वारा सातै प्रदेशका प्रहरी प्रमुखसँग ‘भिडियो कन्फ्रेन्स’द्वारा छलफल

महानिरीक्षक ज्ञवालीद्वारा सातै प्रदेशका प्रहरी प्रमुखसँग ‘भिडियो कन्फ्रेन्स’द्वारा छलफल

काठमाडौं– प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले ७ वटै प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुलाई प्रहरी संगठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न निर्देशन दिएका छन् ।

प्रहरी प्रधान कार्यालय नक्सालबाट भिडियो कन्फ्रेन्सद्वारा महानिरीक्षक ज्ञवालीले सातै प्रदेशका प्रहरी प्रमुखलाई शान्ति सुरक्षा तथा समसामयिक विषयमा छलफल गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले जस्तोसुकै सुरक्षा चुनौतीलाई समाधान गर्न प्रहरी सक्षम रहेको उल्लेख गर्दै त्यस्ता चुनौतीहरुको समाधान गर्न उच्च सतर्कताकासाथ प्रहरी परिचालन गरी आक्रामक रुपमा प्रस्तुत हुन निर्देशन दिएका थिए ।

उनले आवश्यकताअनुसार प्रदेश सरकार, सम्बन्धित निकाय, स्थानीय तह, स्थानीय प्रशासनसँग समेत समन्वय गरी उच्च प्रतिफल आउने गरी काम गर्नुपर्ने बताए ।

प्रहरी महानिरीक्षक ज्ञवालीले कुनै पनि घटना, दुर्घटना भएमा तत्काल आवश्यकता अनुसार प्रहरी परिचालन गरी विधि तथा प्रक्रिया सम्मतरुपमा कानुनी कारवाही अगाडि बढाउनुपर्ने बताए ।

सबै प्रदेशका प्रहरी प्रमुखहरुले आ–आफ्नो प्रदेशको सुरक्षा चुनौतीको पहिचान गरी उच्च रणनीतिकासाथ समस्या समाधानमा लाग्न उनले निर्देशन दिएका थिए ।

प्रहरी कारवाहीको क्रममा मानवअधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले हिंसाजन्य क्रियाकलापमा प्रहरीको संलग्नता अक्षम्य हुने बताए ।

राजमार्ग अवरोध, अवाञ्छित गतिविधि लगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा पूर्ण सक्रियताका साथ खटिनु पर्नेमा उनले जोड दिए । अन्तरक्रियाको क्रममा प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुखहरुले आ–आफ्नो प्रदेशको शान्ति सुरक्षा एवं प्रहरीका काम कारवाहीका बारेमा जानकारी दिएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382