सोमबार, साउन २६, २०७७
GokarnaNews

‘सक्किगोनी’ मा पुगे दयाहाङ र धुर्मुस

‘सक्किगोनी’ मा पुगे दयाहाङ र धुर्मुस

काठमाडौं– अभिनेता दयाहाङ राई र सिताराम कँट्टेल ‘धुर्मुस’ कमेडी श्रृङ्खला ‘सक्किगोनी’ मा देखिने भएका छन् । ९ फागुनबाट प्रदर्शनमा आउने फिल्म ‘सेन्टी भाइरस’ प्रचारका लागि उनीहरु ‘सक्किगोनी’ मा पुगेका हुन् ।

विशेष पाहुनाको रुपमा ‘सक्किगोनी’ मा भित्रिएका उनीहरुको अभिनय रहेको श्रृङ्खला भाग २२ मा प्रसारण हुनेछ । टेलिश्रृङ्खलामा पहिलो पटक काम गर्दा रमाईलो अनुभूति भएको अभिनेता दयाहाङले बताए ।

‘सक्किगोनी’ मा फिल्म ‘सेन्टि भाइरस’ प्रचार प्रसारमा साथ दिने हिसाबले विशेष भूमिकामा प्रकट हुन लागेको सितारामले बताए ।

दयाहाङ राई, सीताराम कट्टेल ‘धुर्मुस’, कुञ्जना घिमिरे ‘सुन्तली’, राजाराम पौडेल, विल्सनविक्रम राई, सन्दिप क्षेत्री लगायतको अभिनय रहेको फिल्म रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु