बिहिबार, साउन २२, २०७७
GokarnaNews

नेकपाको ‘एमसीसी’ अध्ययन कार्यदलले प्रतिवेदन बुझाउन सकेन,एमसीसीका सहायक उपाध्यक्ष जोनाथनको नेपाल भ्रमणपछि कार्यदल झन् अलमलमा

नेकपाको ‘एमसीसी’ अध्ययन कार्यदलले प्रतिवेदन बुझाउन सकेन,एमसीसीका सहायक उपाध्यक्ष जोनाथनको नेपाल भ्रमणपछि कार्यदल झन् अलमलमा

काठमाडौं – सत्तारुढ नेकपाले ‘एमसीसी’अन्तर्गतको अमेरिकी सहयोग परियोजना सम्झौता अध्ययन गर्न बनाएको अध्ययन कार्यदलको म्याद सकिएको छ ।

माघ १९ गते सम्पन्न केन्द्रीय समितिको बैठकले कार्यदल बनाएर एमसीसी सम्झौता अध्ययन गर्न १० दिनको समय दिएको थियो ।

तर, कार्यदलले निर्धारित समयमा प्रतिवेदन बुझाउन भने सकेन ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा गठन गरिएको एमसीसी अध्ययन कार्यदलले विवादित विषय पहिचाहन गर्न नसक्दा प्रतिवेदन बनाउन नसकेको हो । बुधबार म्याद सकिएपछि कार्यदललाई समय थपिएको छ ।

कार्यदलका सदस्य भीम रावलले सम्झौताको विषयमा अध्ययन भइरहेको र आचारसंहिताअनुसार सो विषयमा तत्काल धारणा सार्वजनिक गर्न नमिल्ने बताए ।

यहीबीचमा एमसीसीका सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले नेपाल भ्रमण गरेपछि कार्यदल झन् अलमलमा परेको विश्लेषण भइरहेको छ ।

ब्रुक्सले कार्यदलका संयोजक खनाल तथा सदस्य भीम रावललाई सामूहिकरुपमा भेटेर छलफल गरेकाले पनि कार्यदलभित्रै समस्या उत्पन्न भएको अनुमान गरिएको छ ।

यहीबीचमा काठमाडौंस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेकपाका केही नेताहरुसँग पनि भेटवार्ता गरेका छन् ।

कार्यदलका सदस्य रावलले भने आफूहरु प्रभावित नभएको दाबी गरेका छन् ।

कार्यदल गठन भएपछि नेकपा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले एमसीसी संसदबाट पारित हुने आशयका धारणा सार्वजनिक गर्दै आउनु र अमेरिकी अधिकारीहरुको भेटघाटका कारण कार्यदल अप्ठेरोमा परेको बुझ्न भने कठीन छैन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु