बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

धनगढीमा चीनबाट फर्किएका एक युवामा कोरोनाको आशंका, सेती अस्पतालमा भर्ना

धनगढीमा चीनबाट फर्किएका एक युवामा कोरोनाको आशंका, सेती अस्पतालमा भर्ना

कैलाली– धनगढीका एक युवालाई कोरोना भाइरसको आश‌ंकामा सेती प्रादेशिक अस्पताल भर्ना गरिएको छ । हालै चीनबाट नेपाल फर्किएका उनीलाई ज्वरो आउने तथा घाटी दुख्ने समस्या देखिएपछि कोरोना भाइरसको आशंकामा अस्पताल भर्ना गरिएको हो ।

बुधबार अस्पताल भर्ना भएका उनको छुट्टै कक्षमा चेक जाँच शुरु भएको सेती प्रादेशिक अस्पतालका इमरजेन्सी विभाग प्रमुख डाक्टर जगदीश प्रसाद जोशीले बताए ।

कोरोना भाइसरको सङ्क्रमण भएको आशंकामा उनको नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँ पठाउने तयारी भइरहेको डाक्टर जोशीले जानकारी दिए ।

गत शनिबार पनि एक युवा कोरोना भाइरसको आशंका गर्दै अस्पताल भर्ना भएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु