बिहिबार, साउन २२, २०७७
GokarnaNews

सन्दीपको शान : सन्दीपले ६ विकेट लिँदै अमेरिकालाई ३५ रनमै सिमित

सन्दीपको शान : सन्दीपले ६ विकेट लिँदै  अमेरिकालाई  ३५ रनमै सिमित

काठमाडौं – नेपाली राष्ट्रिय टोलीका स्पिनर सन्दीप लामिछानेले अमेरिकाविरुद्धको खेलमा नयाँ कीर्तिमानी बनाएका छन् ।

उनी एकदिवसिय क्रिकेटमा नेपालका लागि एकै इनिङ्समा सबैभन्दा धेरै विकेट लिने खेलाडी बनेका छन् । उनले अमेरिकाविरुद्ध ६ ओभर बलिङ गर्दै १ मेडन ओभरसहित १६ रन खर्चेर ६ विकेट लिएका थिए ।

एकदिवसिय क्रिकेटमा यसअघि यो कीर्तिमान नेपालका पेश बलर सोमपाल कामीको नाममा थियो । उनले युनाइटेड अरब इमिरेट्सविरुद्ध शृङ्खलामा एकै खेलमा ५ विकेट लिँदै नयाँ कीर्तिमान बनाएका थिए ।

आईसीसी विश्वकप क्रिकेट लिग २ मा टस हारेर पहिलो ब्याटिङ गरेको अमेरिका ३५ रनमा अल आउट भएको थियो । जसमा लामिछानेले ६ विकेट लिँदा सुशान भारीले ४ विकेट लिएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु