आइतबार, चैत १६, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

बालुवाटार जग्गा प्रकरणका आरोपी ढकालको घरमा विष्फोट गराउने विप्लव ७ कार्यकर्ता पक्राउ

बालुवाटार जग्गा प्रकरणका आरोपी ढकालको घरमा विष्फोट गराउने विप्लव ७ कार्यकर्ता पक्राउ

काठमाडौं – बालुवाटारस्थित ललिता निवास जग्गा हिनामिना प्रकरणका आरोपी शोभाकान्त ढकालको घरमा बम विष्फोटमा संलग्न विप्लवका ७ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले काठमाडौं, नागार्जुन नगरपालिका वडा नम्बर १ स्थित ढुङ्गेधारा नर्सरी चोकमा रहेको ढकालको घरमा माघ १० गते बम विष्फोट गराएको थियो । भने सोही समुहले बालुवाटारमा रहेको ललिता निवासको जग्गामा समेत बम राखेको थियो।

यसै घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।

महाशाखाका प्रमुख एसएसपी सहकुल बहादुर थापाले उनीहरुलाई यही माघ २३, २४ र २६ गते राजधानीका विभिन्न स्थानबाट पक्राउ गरेको जानकारी दिए।
पक्राउ पर्नेहरूमा दैलेख जिल्ला, नारायण नगरपालिका ११ का भिम अधिकारी(रक्षक), जिल्ला कास्की पोखरा महानगरपालिकाका विष्णु प्रसाद अधिकारी(विजय), रामेछाप, खाँडादेवी गाउँपालिका वडा नम्बर १ घर भएका हरी चन्द्र खड्का रहेका छन्।

यसैगरी घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्ने अन्य चार जनाहरुमा गोरखा, भीमसेन थापा गाउँपालिकाका कपिल भट्ट(प्रतिक), काठमाडौं गोकर्णेश्वर नगरपालिकाका दिनेश नगरकोटी(बवी), गोरखा जिल्ला सुलिकोट गाउँपालिकाका किकाश थापा तथा सिन्धूपाल्चोक जिल्ला जुग गाउँपालिकाका राज कुमार मगर रहेका छन्।

उनीहरू सबै विप्लव नेतृत्वको अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका कार्यकर्ता हुन्।

उनीहरू मध्ये रक्षक, विजय, सुवास महासंघ सदस्य हुन् भने प्रतिक, बवी र थापा क्रमशः गण्डक ब्यूरो सदस्य, गोकर्णेश्वर नगरपालिका नगर अध्यक्ष तथा नेपाल मजदुर संगठन सदस्य, हाइड्रो तथा खानी उपाध्यक्ष हुन्।

यस्तै राज कुमार मगर ट्रेड युनियन महासंघ ललितपुरका जिल्ला अध्यक्ष हुन्।प्रहरीले उनीहरूको साथबाट विभिन्न सामान र दस्तावेजहरु बरामद गरेको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु