शनिबार, चैत २२, २०७६
GokarnaNews
maya education initaitives

गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यत्मिक सद्भावना दुतमा प्रध्यापक अर्याल नियुक्त

गोकर्णेश्वर नगरपालिकाको धार्मिक तथा आध्यत्मिक सद्भावना दुतमा प्रध्यापक अर्याल नियुक्त

काठमाडौं – गोकर्णेश्वर नगरपालिकाले धार्मिक तथा आध्यत्मिक दुतका रुपमा रेखा अर्याललाई नियुक्त गरेको छ ।

त्रिनेत्र अध्यात्मक चिन्तन केद्रको निवर्तमान केन्द्रीय अध्यक्ष तथा जया मल्टीपल क्याम्पसको प्रध्यापकसमेत रहेकी अर्याललाई नगरपालिकाले धार्मीक तथा आध्यात्मिक दुतका रुपमा नियुक्त गरेको हो ।
नगरपालिकाले नगर कार्यपालिकाको निर्णयानुसार जन सरोकारका विभिन्न समिति गठन गर्ने र सोको संयोजक तथा सदस्यहरु तोक्न नगर प्रमुख ज्यूलाई जिम्मेवारी प्रदान गर्ने निर्णय भएसँगै गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसेले सो निर्णय अनुरुप अर्याललाई नियुक्ती गरेका हुन ।

नगरपालिकाले काठमाडौं उपत्यका भित्रका ३ जिल्लाका महानगर, उपमहानगर, नगरपालिका र वडाहरु भित्र रहेका पुरातात्विक महत्वका विभिन्न मठ–मन्दिरहरु, धार्मिक तथा आध्यात्मिक संघ–संस्थाहरु र सम्पूर्ण अभियान र समितिहरुको इतिहास, वर्तमान अवस्था र भावी योजना समेत निर्माण गरी सम्पूर्ण कोणबाट कार्य गर्नका लागि अध्ययन, अनुसन्धान तथा प्रर्वद्धन गर्ने उद्देश्यकासाथ “धार्मिक तथा आध्यात्मिक सद्भावना दुत” विभागमा अर्याल ज्यूलाई विभाग प्रमुख पदमा मनोनित गरेको हो ।

लामो समय शिक्षा तथा समाजसेवाका क्षेत्रमा लागेकी अर्याललाई नगरपालिकाका विषयगत समिति र सम्बन्धित शाखासंग समन्वय तथा सहकार्य गरि संलग्न कार्यविवरण र प्रचलित ऐन नियमानुसार जिम्मेवारी निर्वाह गर्न अनुरोध गरिएको छ ।

अर्याललाई एक कार्यक्रमकाबिच नगरपालिका प्रमुख चालिसेले मनोनयन पत्र हस्तान्तरण गरेका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु