मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

प्रत्येक नेपालीको मनछुने कथा ‘पासपोर्ट हरियो’ जसमा स्वर भरिन् अस्मिता बूढाथोकीले(भिडियो )

काठमाडौं – हामी नेपालीलाई विदेशीनु पर्ने बाध्यता छ । देशमा प्रयाप्त मात्रमा रोजगार छैन । आफ्नो त्यो भोको पेट पाल्ने एकातिर चिन्ता छ त अर्को तिर घरमा रहेका बा -आमा, श्रीमती ,छोरा – छोरी सबैको जिम्मा काधमा आइपर्छ । देशमा केही गरौं भन्दा अनेकन बाधा व्यवधानले थिच्छन । अर्कोको देशमा गएर पसिना बगाउने रहर कुन नेपाली युवा/ युवतीलाई होलार तर देशको अवस्था यस्तै छ। जानै पर्छ अर्काको देश । एक युवा विदेशीन विवश हुन्छ हरियो पासपोर्ट बनाउन । यस्तै कथा व्याथालाई सुमधुर रुपमा प्रस्तुत गरेर बजारमा आएको छ ‘पासपोर्ट हरियो ’ जुन गितले सम्पूर्ण विदेशीएका नेपालीको प्रतिनिधित्व गरेको छ । सँगै प्रत्येक नेपालमा रहेका परिवारलाई प्रतिनिधित्व गरेको छ ।

हरियो पासपोर्टलाई बजारमा ल्याउने उनै जालकाडा म्युजिक प्रालिका निर्देशक राजन बिक हुन भने उक्त गितमा गायक गणेश अधिकारी र अस्मिता बुढाथोकिको स्वर रहेको छ ।

अर्घाखाँचीको मालारानी -३ मा केही समय अघि घास काट्दै गरेको अवस्थामा एक युटुब च्यानलले अस्मिताको अन्र्तवार्ता लिएको थियो । जुन अन्र्तवार्तमा अस्मिताले आफ्नो सुमधुर स्वर दिएपछि उनको चर्चा भएको थियो ।बूढाथोकीको स्वर साच्चीकै जादुमय छ । विशेषगरी आधुनिक विद्यामा अब्बल स्वर दिने बूढाथोकीको यो गितनै पहिलो लोकगित हो । उनको गायकी सोही युटुवमा देखी निर्देशक बिकले यस्ता प्रतिभालाई हराउन दिन नहुने भन्दै उनको स्वरमा यो गित रेकर्ड गराएका हुन ।

गायक अधिकारीकै लय तथा शब्द सिर्जना रहेको गितको म्युजिक भिडियोको कथा लेखन तथा निर्देशन भने स्मृति तिमिल्सिनाले गरेकी हुन ।

म्युजिक भिडियोमा मोडल सारिका केसी,राजन बिक, लगाएतको अभिनय रहेको छ ।