सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

सुवास खकुरेलको ५२ रनको योगदानपछि नेपाल ३७ रनले बिजयी (भिडियोसहित)

सुवास खकुरेलको ५२ रनको योगदानपछि नेपाल ३७ रनले बिजयी (भिडियोसहित)

काठमाडौं– युएसएको क्रिकेट टिमबिरुद्ध सुवास खकुरेलले ८७ बलमा ५२ रनकाृे योगदान गरेका छन् । मंगलबार मुलपानीस्थीत क्रिकेट मैदानमा भएको अभ्यास खेलमा २६ बर्षका ब्याट्सम्यान खकुरेलले ५२ रनको योगदान दिएपछि नेपाली टिमले ३७ रनले खेल जितेको हो ।

भिडियो हेर्नुहोसः

सम्बन्धित समाचारहरु

लेस्टर सिटी र वल्भ्सले इङ्लिस प्रिमियर लिग फुटबलमा गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् । सुक्रबार राति भएको खेलमा लेस्टर वल्भ्ससँग उसैको मैदानमा बराबरीमा रोकिएको हो । लेस्टर १० खेलाडीमा समेटिएको थियो ।

यस बराबरीले लेस्टरको दोस्रो स्थानमा उक्लने मौका गुमेको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने अवसर गुमाएका थिए । लेस्टरले बल पोसेसनमा पकट जमाएपनि गोल गर्न सकेन । ६०औं मिनेटमा लेस्टरले पेनाल्टीको अपिल गरेपनि रेफ्रीले दिएनन् ।

त्यसपछि ७६औं मिनेटमा लेस्टर १० खेलाडीमा समेटिएको थियो । लेस्टरका हम्जा चौधुरीले ह्यान्ड गरेपछि दोहोरो पहेँलो (रातो) कार्ड पाउँदै बाहिरिएका थिए । जसको फाइदा वल्भ्सले उठाउन सकेन । बराबरीसँगै तेस्रो स्थानमा रहेको लेस्टरले २६ खेलबाट ५० अंक बनाएको छ । ३६ अंक बनाएको वल्भ्स सातौं स्थानमा छ ।

शीर्ष स्थानमा रहेको लिभरपुलको २५ खेलबाट ७३ अंक छ । दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीको ५१ अंक छ ।

लेस्टर र वल्भ्सको बराबरी

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको समापन आज (शनिबार) हुँदैछ । लिगको अन्तिम खेल तथा उपाधि भिडन्तका लागि त्रिभुवन आर्मी र मछिन्द्र क्लब भिड्दैछन् । लिगको अन्तिम खेल फाइनल सरह बनेको छ ।

दिउँसो १ः०० बजे हुने खेलमा आर्मीको लक्ष्य पहिलो पटक उपाधि चुम्नु रहेको छ । स्टार खेलाडीको साथ पाएको मच्छिन्द्र पनि कुनै हालतमा आर्मीलाई हराउले लक्ष्यमा छ । नयाँ च्याम्पियन बन्न सक्दो प्रयास गर्ने दुवै टोलीले दावी गरेका छन् ।

आर्मीका प्रशिक्षक नविन न्यौपानेले यसपटक आर्मीले उपाधि जितेर छाड्दे बताए । ‘अन्तिम खेल टप हुनेछ । हामीले धेरै मिहेनत गरेका छौं । मैदानमा खेलाडील शतप्रतिशत दिनेमा विश्वस्त छु । अहिलेसम्म लिग नजितेको आर्मीलाई यसप पटक राम्रो अवसर छ । आक्रामक खेल खेल्दै जित निकाल्नेछौं,’ नविनले भने । उपाधि जित्न आर्मीलाई बराबरी प्रयाप्त छ । मच्छिन्द्रका लागि जित्नै पर्ने दबाब छ ।

मच्छिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले पनि आर्मीसँग जितकै लागि लड्ने बताए । ‘हामीले उपाधि जित्ने गरी टिम सेट र तयारी गरेका हौं । उपाधिको नजिक आइपुगेका छौं । अन्तिम खेल प्रतिस्प्रधात्मक हुनेछ । हामी पाएको मौका छाड्ने छैनौं । मच्छिन्द्रको एउटै लक्ष्य उपाधि हो,’ प्रवेशले भने । १२औं चरणको खेलसँगै आर्मी २९ अंकका साथ शीर्ष स्थानमा छ । एक अंकले पछि परको मच्छिन्द्र २८ अंक सहित दोस्रो स्थानमा छ । अन्य स्थान र रेलिगेसनको टुङ्गो लागि सकेको छ । सरस्वती दुई खेल अगावै रेलिगेसनमा परेको हो ।

सहिद स्मारक ‘ए’ डिभिजन लिगः उपाधिको छिनोफानो आज हुदै

बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शुक्रबार राति भएको खेलमा डर्टमन्डले फ्रान्कफर्टलाई ४–० गोलले हरायो ।

घरेलु मैदानमा सानदार जित निकाल्न डर्टमन्डका लागि आर्लिङ हालान्ड, जाडोन सान्चो, लुकास्ज पिसजेक र राफेल गुरेरियोले गोल गरे । लुकास्ज पिसजेकले ३३औं मिनेटमा अचराफ हाकिमीको पासमा गोल गर्दै डर्टमन्डलाई अग्रता दिलाए । दोस्रो हाफका तीन गोल गरेको डर्टमन्डका लागि दोस्रो गोल जाडोन सान्चोले ४९औं मिनेटमा गरेका थिए ।

त्यसपछि ५४औं मिनेटमा आर्लिङ हालान्ड र ७४औं मिनेटमा राफेल गुरेरियोले गोलगर्दै डर्टमन्डलाई सजिलै जिताए । जितसँगै दोस्रो स्थानमा उक्लिएको डर्टमन्डले २२ खेलबाट ४२ अंक बनाएको छ । शीर्ष स्थानमा रहेको बायर्न म्युनिखको ४३ अंक छ ।

तेस्रो स्थानमा रहेको आरबी लेइपजिजको पनि ४२ अंक छ । एक खेल कम खेलेको लेइपजिजलाई डर्टमन्डले गोल अन्तरका आधारमा पछि पारेको हो । २८ अंक बनाएको फ्रान्कफर्ट नवौं स्थानमा छ ।

डर्टमन्ड दोस्रो स्थानमा

इङ्लिसस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई युरोपेली फुटबलको सर्वोच्च संस्था युईएफएले दुई वर्षका लागि युरोपेली फुटबल प्रतियोगितामा सहभागी हुन नपाउने गरी प्रतिबन्धको कारवाही गरेको छ ।

सिटीले क्लब लाइसेन्सिङ र फाइनान्सियल फेयर प्लेको नियम उल्लङ्घन गरेको कारण कारबाही गरेको युईएफएले जनाएको छ । सिटीलाई प्रतिबन्ध सहित ३० मिलियन युरो पनि जरिवाना गरिएको छ ।

कारबाही बारे सिटीले कोर्ट अब आर्बिट्रेसन फर स्पोर्टमा अपिल गर्न सक्नेछ । सिटीले सन् २०१२ देखि २०१६ सम्म क्लबको प्रायोजन र लेखा परिक्षणबारे अनुसन्धान गर्न खोज्दा समन्वय नगरेको आरोप युईएफएले लगाउँदै आएको थियो । यस कारवाही पछि सिटीले अर्को सिजन देखि दुई वर्ष च्याम्पियन्स लिग र युरोप लिग खेल्न पाउने छैन ।

सिटी प्रिमियर लिगमा पनि कारवाहीमा पर्ने सम्भावना बढेको छ । प्रिमियर लिगमा अंक घटाएर कारवाही गरिने नियम छ । सिटीलाई प्रिमियर लिगमा के कास्तो कारबाही हुन्छ, त्यो बाँकी नै छ ।

म्यानचेस्टर सिटीलाई युरोपेली फुटबल प्रतियोगितामा सहभागी हुन प्रतिबन्ध

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी साम्बाको निर्णायक गोलमा गोकुलम केरला एफसीले भारतीय महिला लिगको उपाधि उचालेको छ। ब्याङ्ग्लोर फुटबल स्टेडियममा शुक्रबार भएको फाइनलमा कृप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलमले पहिलो पटक उपाधि हात पारेको हो।

उपाधिसँगै गोकुलमले १० लाख भारतीय रुपैयाँ प्राप्त गर्यो। उपविजेता बनेको कृप्सा एफसीले ५ लाख भारतीय रुपैयाँमा चित्त बुझाएको छ। छनोटसहित ८ खेलमा १८ गोल गरेकी सावित्रा महिला लिगको सर्वाधिक गोलकर्ता समेत बनिन्।

छनोट चरणमा समेत सावित्राले ३ गोल गरेकी थिइन्। सावित्राले १ लाख भारतीय रुपैयाँ पाएकी छिन्। छनोट चरणमा समेत सावित्राले ३ गोल गरेकी थिइन्। सावित्राले खेलको पहिलो हाफमा २–१ ले अग्रता बनाएको गोकुलमले दोस्रो हाफमा १ गोल थप्यो।

२–२ को बराबरीको अवस्थामा रहँदा सावित्राले निर्णायक गोल गरेकी थिइन्। सावित्राले खेल सकिन ३ मिनेट बाँकी रहँदा मनिषाको पासमा गोल गर्दै गोकुलमको जित पक्का गरेकी हुन्।

एउटा छनोट खेल समेत खेलेकी सावित्राले लिग चरणमा पहिलो रोजाइमा मैदान उत्रेकी थिइन्। दोस्रो मिनेटमा परमेश्वरी देवीको गोलबाट अग्रता लिएको गोकुलमका लागि २५औँ कमलादेवीले गोल थपेकी थिइन्। ३४औं मिनेटमा कृप्साका लागि कप्तान दाङमय ग्रेसले गोल फर्काएकी थिइन्। कृप्साका लागि रतन बालादेवीले ७३ मा गोल गर्दै खेललाई २–२ को बराबरीमा पुर्याएकी थिइन्।

सावित्राको टोलीले अनिता बस्नेत सम्मिलित सेथु एफसीलाई ३–० ले पराजित गर्दै फाइनल पुगेको थियो। सावित्राले गत सिजन अनितासँगै सेथुबाट खेलेकी थिइन्।

त्यति बेला टोलीलाई च्याम्पियन बनाउने क्रममा सावित्राले १५ गोल गरेकी थिइन्।

सावित्राको निर्णायक गोलमा गोकुलमले जित्यो भारतीय महिला लिगको उपाधि

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382