बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

‘विप्लव’ नेकपाका मुख्य चन्दा संकलक कटुवाल पक्राउ

‘विप्लव’ नेकपाका मुख्य चन्दा संकलक कटुवाल पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता तथा सो पार्टीमा आर्थिक संकलन गर्ने मुख्य व्यक्ति मानिएका अर्जुन कटवाल पक्राउ परेका छन् ।

प्रहरीको विशेष ब्यूरोले कटवाललाई कलंकीस्थित उनको ‘प्राइभेट अफिस’बाट पक्राउ गरेको हो। कटवाल चन्द समूहका जनसम्पर्क समितिका केन्द्रीय कोषाध्यक्ष हुन्।

चन्द, प्रवक्ता खड्गबहादुर विश्वकर्मा लगायत भूमिगत शीर्ष नेताहरुसँग उनको निरन्तर सम्पर्क रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। सिन्धुली स्थायी घर भएका कटवालको बलम्बु (चुनदेवी) मा पनि घर छ। उनी हेभी इक्वीपमेन्ट महासंघका सचिव पनि रहेको खुलेको छ।

प्रहरीले कटवालको चन्द्रागिरी नगरपालिका–१ बलम्बु स्थित घरमा अहिले खानतलासी गरिरहेको छ। उनको कलंकीस्थित कार्यालयबाट विभिन्न व्यक्ति उद्योगी÷व्यापारी, सर्वसाधारणलगायतका नाममा काटिएका चन्दा रसिद तथा चेकबुक पनि प्रहरीले बरामद गरेको छ।

चन्द समूहलाई प्रतिबन्ध लगाएपछि कटवाल पार्टी कामकै लागि रसिया र उत्तर कोरियाको भ्रमणमा गएको पनि खुलेको छ। उनी कुन माध्यमबाट रसिया र उत्तर कोरिया पुगे भन्ने पनि अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु