बिहिबार, चैत २०, २०७६
GokarnaNews
maya education initaitives

अदालतको आदेशमा रिहा भएलगत्तै माइला लामा पुनः पक्राउ

अदालतको आदेशमा रिहा भएलगत्तै माइला लामा पुनः पक्राउ

काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका उपत्यका ब्युरो संयोजक एवं केन्द्रीय सदस्य माइला लामासहित चार नेतालाई अदालतको आदेशमा रिहा भएलगत्तै पुनः पक्राउ गरिएको छ । नख्खु, अनामनगर, सुकेधारालगायत विभिन्न स्थानमा विस्फोट गरेको आरोपमा पक्राउ परेका लामा, केन्द्रीय सदस्य नवीन विश्वकर्मा, तत्कालीन काठमाडौं जिल्ला सेक्रेटरी धीरिन्द्राकुमारी उपाध्याय र ईश्वर परियारलाई पुनः नियन्त्रणमा लिइएको हो ।

ईश्वर परियारलाई भने महानगरीय प्रहरी कार्यालय रानीपोखरी पठाइएको छ । उच्च अदालत पाटनको आदेशअनुसार जिल्ला अदालत ललितपुरमा उपस्थित भएका उनीहरू तारेखमा रिहा भएका थिए ।

उनीहरूलाई प्रहरीले हातहतियार तथा खरखजना र संगठित अपराध गरेको आरोपमा पुनः पक्राउ गरेको हो । उनीहरूलाई सोमबार( आज) सुनसरी लैजाने तयारी छ । प्रहरी परिसर ललितपुरका सहप्रवक्ता डिएसपी सन्तोष तामाङले भने, ‘उनीहरू विस्फोटको मुद्दामा रिहा भए । तर, सुनसरी प्रहरीमा परेको हातहतियार खरखजना र संगठित अपराध मुद्दामा नियन्त्रणमा लिएको हो ।’ उच्च अदालतका मुख्य न्यायाधीश नहकुल सुवेदी र न्यायाधीश श्रीकान्त पौडेलको इजलासले उनीहरूलाई छाड्न बिहीबार आदेश दिएको थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु