बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

नेकपा कागेश्वरी मनोहरा नगरकमिटीले लियो सपथ

नेकपा कागेश्वरी मनोहरा नगरकमिटीले लियो सपथ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी,काठमाडौं जिल्ला अन्र्तगतको कागेश्वरी मनोहरा नगरकमिटीले सपथ ग्रहण ग्रहण गरेको छ । नेकपा केन्द्रीय सदस्य एव्म काठमाडौं जिल्ला अध्यक्ष कृष्ण बहादुर राईले नगर कमीटी सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन ।

थलीमा भएको एक कार्यक्रममा नेकपा केन्द्रीय सदस्य एव्म काठमाडौं जिल्ला इन्चार्ज सावित्रा भुसाल,सहइन्चार्ज रामेश्वर फुयाँल लगाएतका नेता कार्यकर्ताहरुको उपस्थीतिमा सपथ ग्रहण गराइएको हो । नगरसमितीमा ८१ नगर कमीटी गठन सँगै नगरका सबै वडाका अध्यक्ष र सचिव चयन भएका छन् ।

सपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष राईले पार्टी एकताको क्रममा प्रयाप्त छलफल नभएको भन्दै गुनासो समेत आएकोले त्यसलाई सम्बोधन गर्दै जाने बताए । उनले पार्टी जनवादी केन्द्रीयताको आधारमा लेलिनवाद सांगठनकी प्रक्रीया अनुरुप भएको जानकारी दिए ।

अध्यक्ष राईले विश्व कम्युनिष्ट आन्दोलन भित्र लोकतन्त्रको अभ्यास पहिलो पटक नेपाल भएको समेत जिकिर गरे । उनले भने ‘नेकपा भित्र जस्तो अरु पार्टीमा लोकतान्त्रीकरण छैन । नेकपाको सवै कमिटी आफैमा सार्वभौम छन् । ६ महिना भित्र स्थानिय तहसम्म अधिवेशन गर्नुपर्छ ।

केन्द्रीय सदस्य समेत रहेका राईले महाधिवेशन सम्म ३३ प्रतिशत महिला पु¥याउने समेत प्रतिवद्धता जनाएका छन । उनले सपथ ग्रहण कार्यक्रममा सवै कमिटी उपस्थीत नभएकोमा ध्यानआकर्षण समेत गराएका थिए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382