मङ्गलबार, चैत २५, २०७६
GokarnaNews

एमईआई कम्युनिटि स्कुलले धुमधामका साथ मनायो सरस्वती पुजा

एमईआई कम्युनिटि स्कुलले धुमधामका साथ मनायो सरस्वती पुजा

ठोरी– पर्साको ठोरी नगरपालिका–२, गौतमनगरमा विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको एमईआई कम्युनिटि स्कुललेले यस बर्षको सरस्वती पुजा धुमधामका साथ मनाएको छ ।

english school in thori

सरस्वतीपुजाको अवसरमा स–साना नानीहरुका लागि सुविधा सम्पन्न तवरले पढाइ हुदै आएको यस विद्यालयमा यो बर्षको सरस्वती पुजा विशेश महत्त्वका साथमा विधाथी, शिक्षक तथा अभिभावक लगायतको सहभागीतामा भव्य रुपमा मनाईएको हो ।

यो बर्षको वसन्त पञ्चमी तथा सरस्वती पुजाको शुभअवसरमा सम्बन्धित सबैको सहभागितामा विधालयमा स साना नानीहरुको अक्षरारम्भको कार्यक्रम गरि सरस्वतीको पुजा पाठ आराधना र प्रसाद ग्रहण गरेर हर्षोल्लासका साथमा सरस्वती पुजा मनाईएको विद्यालयका प्रिन्सिपल शेषनारायण श्रेष्ठ ले जानकारी दिए । सरस्वती पुजाको विशेष कार्यक्रम अन्तर्गत अभिभावक तथा विद्यार्थीहरुको सहभागितामा पुजाआजाको साथै विभिन्न प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

mei community school

त्यसैगरी संस्थाका प्रतिनिधि गोबिन्द विष्टले यसैबर्षबाट स्कुलमा ई–लर्नीङ विधिबाट पढाई हुने जानकारीसमेत गराए । ई–लर्नीङका लागि सबै शिक्षकहरुलाई कम्प्युटर तालिम गराईरहेको तालिममा सहभागी भएका अङ्ग्रेजी शिक्षक राम बिष्टले बताए । उनले यस तालिममार्फत बच्चाहरुलाई पढाउन सहज हुने बताए ।

mei community school

यसैगरी गतबर्ष सबै शिक्षकहरुलाई काठमाडौंका मन्टेस्वरी ट्रेनर कोशल्य राई सुनुवारबाट तालिम प्राप्त गराईएको थियो ।

सरस्वती पुजामा यस्तो देखियो एमईआई कम्युनिटि स्कुल

सम्बन्धित समाचारहरु

वडा समाचारहरु