बुधबार, चैत १९, २०७६
GokarnaNews
maya education initaitives

क्रयटिभ सरसफाईको बनभोज तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटोफिचर)

क्रयटिभ सरसफाईको बनभोज तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न (फोटोफिचर)

काठमाडौं– क्रियटिभ सरसफाई प्रा. लीको बनभोज तथा भेटघाट कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । गोकर्णेश्वर–९ जगडोलस्थीत राष्ट्रिय सहिद पार्कमा क्रियटिभको बनभोज तथा भेटघाट कार्यक्रम भएको हो ।

कार्यक्रमको प्रमुख अतिथिमा बाग्मती प्रदेशका सासंद हिमाली गोले रहेकी थिईन् भने कार्यक्रमको बिशेष अतिथिका रुपमा नेकपा काठमाडौं जिल्ला सचिव टि आर नेपाल रहेका थिए । कार्यक्रमको अतिथिमा फोहोरमैला ब्यवस्थापन संघ (स्वमान) नेपालका अध्यक्ष धुव्र आचार्य, महासचिव मिना घिमिरे सचिव भुपाल आचार्य, प्रहरी निरिक्षक श्री कुमार पण्डित, गोकर्णेश्वर नगरपालिकाका वडा नं ४ अध्यक्ष श्रीकुमार श्रेष्ठ, गोकर्णेश्वर जगरपालिका वडा नं ७ का अध्यक्ष केशव गुरुङ, बौद्ध सरसफाई प्रा.लीका अध्यक्ष धनराज लामा, बौद्ध जोरपाटी सरसफाई प्रा.लीका विप्लप लामा, मिलिजुली सरसफाईका अध्यक्ष सुवास घिसिङ, एक्टिभ नेपालका भिम लामा पृथ्वी टोल सुधार समितिका बिक्रम श्रेष्ठ, काठमाडौं महानगर विभागका पदाधिकारीहरु, विभिन्न फोहोरमैला ब्यवसायी तथा अन्य ब्यक्तित्वहरुको बाक्लो उपस्थीती रहेको थियो ।

himali golay

कार्यक्रमकी प्रमुख अथिति बाग्मती प्रदेशकी सांसद हिमाली गोलेले सरसफाईको क्षेत्रमा लाग्ने बिभिन्न ब्यक्तित्वहरुलाई धन्यवाद ज्ञापन गर्दै सरसफाई नै मानव जीवनको महत्वपुर्ण अंग भएको बताएकी छिन् । गोलेले मानिसहरुले शहरी क्षेत्रमा बाक्लो बस्ती बसाएर सरसफाईको क्षेत्रमा ध्यान नदिएको बताउदै आफ्नो घर, टोल, समाजमा रोग आउन नदिन सरसफाईको महत्वपूर्ण भुमिका रहने बताईन् । काठमाडौंको फोहोर व्यवस्थापनको समस्या जटिल बन्दै गएको भन्दै फोहोर ब्यवस्थापन गर्न सके फोहोरबाटै मोहोर कमाउन सकिने बताईन् । उनले यस क्षेत्रमा भएको समस्यालाई पहिचान गर्दै उक्त समस्याको समाधान गर्ने प्रतिबद्धता जनाईन् ।

कार्यक्रमका विशेष अतिथि नेकपा काठमाडौं जिल्ला सचिव टि आर नेपालले आफुबाटै उत्पादन गरेको फोहोर ब्यवस्थापन गर्नु मात्रै समस्या नभएको बताउदै मानसिक रुपबाटै सफा हुन जरुरी रहेको बताए । उनले आफुले उत्पादन गरेको फोहोर आफैले व्यवस्थापन गर्नुपर्ने बताउदै नगरनगरमा ल्यान्डफिल्ड साईडको स्थापना गर्नुपर्नेमा जोड दिए । फोहोर व्यवस्थापनमा सबैले मास्टर प्लान बनाएर आगामी दिनमा अगाडी बढनुपर्ने नेपालले बताए । उनले सिङ्गो देश नै फोहोरको समस्यामा परेकोले फोहोर व्यवस्थापनको समस्या दिर्घकालिन रुपमा समाधान हुन जरुरी रहेको बताए ।

यसैगरी क्रियटिभ सरसफाईका अध्यक्ष बवरमान तामाङले विगतका कुरा सम्झदै विगतका दिनमा फोहोर ब्यवस्थापनको समस्या निकै जटिल भएको र यस क्षेत्रमा क्रियटिभ स्थापित हुन निकै सास्ती झेल्नु परेको बताए । तामाङले फोहोरलाई व्यवस्थापन गर्नका लागि विभिन्न सरसफाईका औजारहरु उपलब्ध हुनुपर्ने बताए । उनले सरसफाई निकै संवेदनशिल क्षेत्र भएकाले सरसफाईमा सहयोग पुर्याईैदिन सबैमा आग्रह गरे ।

कार्यक्रममा खानपान, नाचगान, बिभिन्न साङ्गितक कोशेलीका साथै सरोज तामाङले गीत गाउदै कार्यक्रममा रौनक बढाएका थिए ।

 

 

सम्बन्धित समाचारहरु

वडा समाचारहरु