आइतबार, जेठ १८, २०७७
GokarnaNews

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा लाखौं मानिस सडकमा उत्रिए

अमेरिकी सेना हटाउन माग गर्दै इराकमा लाखौं मानिस सडकमा उत्रिए

एजेन्सी – इराकमा अमेरिकी सेना हटाउन माग गर्दै दशौँ लाख मानिस सडकमा उत्रेका छन्। शुक्रबार राजधानी बगदादमा विशाल प्रदर्शन भएको छ।

सिया धर्मगुरु मुक्तदा अल सद्रको आह्वानमा यो प्रदर्शन भएको थियो।

अमेरिकाले जनवरी ३ मा इरानी जर्नेल कासिम सुलेमानीको हत्या गरेपछि इराकबाट अमेरिकी सेना हटाउनुपर्ने माग बलियो बनेको छ।

इराकी संसदले समेत अमेरिका सेना हटाउनुपर्ने संकल्प प्रस्ताव पारित गरेको थियो।

तर, ट्रम्प प्रशासनले यसलाई अस्वीकार गरेको थियो।

सरकारी कार्यालय र विदेशी दूतावास रहेको बगदादको ग्रिन जोनमा यसबीचका अनेकौँ रकेट आक्रमण भइसकेको छ।

हाल इराकमा ५ हजार अमेरिकी सेना छन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु