आइतबार, चैत १६, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

अग्नी सापकोटालाई सभामुख बनाउन लागेपछि राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

अग्नी सापकोटालाई सभामुख बनाउन लागेपछि राष्ट्रपतिका विज्ञ सल्लाहकार प्याकुरेलले दिए राजीनामा

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले शुक्रबार राजीनामा दिएका छन् । उनी राष्ट्रपतिलाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ सल्लाहकारमा नियुक्त भएका थिए ।

उनी राष्ट्रपति भण्डारीको पहिलो कार्यकालमा दुई वर्ष र पछिल्लो कार्यकालमा दुई वर्ष सल्लाहकार थिए।

राष्ट्रिय मानव अधिकार आयोगका पूर्व आयुक्तसमेत रहेका प्याकुरेलले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै संविधानले परिकल्पना गरेको लोकतान्त्रिक मूल्य मान्यता र कानुनी सर्वोच्चताको अक्षरशः पालनाका लागि औपचारिक परिधिभन्दा बाहिर र काम गर्नका लागि राजीनामा दिएको बताएका छन्।
तर यता हत्या अभियोगीलाई सभामुख बनाउन लागिएको भन्दै प्याकुरेलले पदबाट राजीनामा दिएको बुझिएको छ । द्वन्द्वकालीन मुद्दामा मुछिएका विवादित पात्र अग्‍नी सापकोटालाई सभामुख चयन गर्ने निर्णयप्रति आपत्ति जनाउँदै प्याकुरेलले पदबाट राजीनामा दिएको बताइएको छ ।

सरकारको नीतिप्रति असन्तुष्टी जनाउँदै राजीनामा दिएका छन् । लामो समयदेखि मानवअधिकारका क्षेत्रमा क्रियासिल प्याकुरेल स्वतन्त्र भएपछि बोल्न मिल्ने भएकोले राजीनामा दिएका हुन् ।

प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गरेका छन्।

प्याकुरेलले संवैधानिक अंगहरुमा सुशासनका मूलभूत मान्यतालाई आत्मसात गर्दै लोकतान्त्रिक मूल्य मान्यताको जगेर्ना गर्न सबै लाग्नुपर्ने पनि बताएका छन् । राजनीतिक प्रणालीभित्र मानव अधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा नेपालको छवि उज्यालो बनाउने पर्ने बताएका छन् । यसका लागि सत्तारुढ दल नेकपाले सबैभन्दा बढी योगदान गर्न सक्ने पनि प्याकुरेलले विज्ञप्तिमा जनाएका छन् ।

त्यस्तै उपनिर्वाचनको जनमतले प्रमुख प्रतिपक्ष कांग्रेसलाई पनि सरकारलाई सजग तुल्याइरहने पहरेदारको भूमिकामा स्थापित गरेको बताएका छन् । कांग्रेसले भागबण्डाको सोचभन्दा माथि उठेर आफ्नो भूमिका निर्वाह गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु