आइतबार, चैत १६, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

सुस्त मनस्थिति बालिकाको बलात्कार गर्ने पक्राउ

सुस्त मनस्थिति बालिकाको बलात्कार गर्ने पक्राउ

भक्तपुर – सुस्त मनस्थिति भएकी १५ वर्षीया बालिकाको बलात्कार गर्ने एक जनालाई घटनाको चार वर्षपछि प्रहरीले पक्राउ गरेको छ । ओखलढुङ्गा घर भएका भक्तपुर सिपाडोल बस्ने पूर्णबहादुर खड्कालाई बिहीबार सुर्यविनायकबाट प्रहरीले पक्राउ गरेको हो ।

२०७२ सालको फाल्गुन २१ गते खड्काले सुस्त मनस्थिति भएकी १५ वर्षीया बालिकालाई १० रुपैयाँ दिएर फकाइ आफ्नै कोठामा लगेर बलात्कर गरेका थिए । बालिकाका आफन्तले दिएको उजुरीको आधारमा अनुसन्धान भइ अदालतले २०७५ कात्तिक २६ गते खड्कालाई दुई वर्ष ६ महिना जेल सयाजको फैसला सुनाएको थियो ।

घटनापछि फरार खड्कालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंज काठमाडौंबाट खटिएको टोलीले पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनका लागि भक्तपुर जिल्ला अदालतमार्फत कारागार कार्यालय डील्ली बजार पठाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु