आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

कुन समयमा नुहाउँदा उपयुक्त ?

कुन समयमा नुहाउँदा उपयुक्त ?

काठमाडौं – धेरै मानिसहरुले बिहानमा नुहाउने गर्छन् । कतिपयले भने बेलुकीको समयमा नुहाउँछन् । अत्यन्तै थोरै व्यक्तिले मात्र दिउँसोको समयमा नुहाउने गर्छन् । बिहान वा बेलुकी कुन समयमा नुहाउने भन्ने विषयमा फरक फरक धारणा पाइन्छ ।

नुहाउने कुरा व्यक्तिको स्वास्थ्य, काम र प्रदूषणलगायतले पनि निर्धारण गर्छ । चिल्लो छाला भएका व्यक्तिले बिहानको समयमा नुहाउँदा राम्रो हुन्छ । बिहान चाँडे उठ्ने व्यक्तिले बिहान नै नुहाउँदा राम्रो हुन्छ ।

राति धेरै पसिना आउने व्यक्तिले बिहान नै नुहाउँदा राम्रो हुन्छ । राति पसिना कम आउने र दिउँसो शारीरिक श्रम धेरै गर्नुपर्ने व्यक्तिले भने बेलुकी नुहाउँदा राम्रो हुन्छ । बेलुकीको समयमा नुहाउँने व्यक्तिले मनतातो पानीले नुहाउनु पर्छ । बेलुकीमा नुहाउँदा सुत्नुभन्दा दुई घन्टाअघि नुहाउनु पर्छ ।

मेकअप धेरै गर्ने व्यक्ति र धुवाँधुलोमा काम गर्नेहरुले बेलुकी नुहाउनुपर्ने चिकित्सकको भनाइ छ । बिहान वा बेलुकी नुहाउने भन्ने विषयमा चिकित्सकहरु पनि विभाजित छन् । त्यसैले आफ्नो दिनचर्याले बिहान वा बेलुकी नुहाउने भन्ने कुराको निर्धारण गर्नुपर्छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382