आइतबार, जेठ १८, २०७७
GokarnaNews

ट्याक्टर दुर्घटना : १ को मृत्यु, २ घाइते

ट्याक्टर दुर्घटना : १ को मृत्यु, २ घाइते

दैलेख – जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं –४ को मन्घरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा भगवतीमाई गाउँपालिका –५ का २० बर्षीय भीमबहादुर वि।क रहेको ईलाका प्रहरी कार्यालय बेस्तडाका प्रहरी सहायक निरिक्षक मनोज कँडेले बताएका छन् ।

घाईते हुनेमा भगवतीमाई गाउँपालिका ५ कट्टीका १९ बर्षीय सहचालक ललित विक र सोही निवासी २८ बर्षिय चालक दिपक विक रहेको बेस्तडा प्रहरी चौकीले जनाएको छ । घाईतको टाउको र खुट्टामा चोट लागेको छ भने स्वास्थ्य केन्द्र बेस्तडामा उपचार भइरहेको छ ।

शुक्रबार विहान करीब ८ः३० बजेतिर जाजरकोटको सुयाडा देखि दैलेखको बेस्तडा बजार आउँदै गरेको भे १ च ९७७० नम्बरको ट्याक्टर दुर्घटना हुँदा विकको घटनास्थलमै मृत्यु भएको कँडेले जानकारी दिएका छन् । ओभर स्पिडका कारण अनकन्ट्रोल भई सडक भन्दा २ सय मिटर तल खसेको कँडेलले बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु