आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

पशुपति मन्दिरमा तोडफोड!

पशुपति मन्दिरमा तोडफोड!

काठमाडौं – पशुपति क्षेत्रमा रहेको विरुपाक्ष मन्दिरमा पसेर बुधबार दिउँसो मानसिक सन्तुलन गुमाएकी एक महिलाले तोडफोडको प्रयास गरेको पशुपति क्षेत्र विकास कोषले दाबी गरेको छ । कलीको मन्दिर भनिने विरुपाक्षको मन्दिरमा तोडफोडको प्रयास भएको हो ।

पशुपति क्षेत्र विकास कोषका प्रवक्ताले घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको बताए । अहिलेसम्मको जानकारी अनुसार ती महिलाको मानसिक स्वास्थ्य राम्रो नरहेको खुलेको कोषले जनाएको छ ।

बुधबार दिउँसो तीन बजेतिर एक महिलाले विरुपाक्ष मन्दिरको काठको ढोका फोरेर भित्र पसी मूर्ति तोडफोड गर्ने प्रयास गरेकी थिइन् ।
उनले मूर्ति हल्लाउन खोजेकी थिइन् । यस्तै मन्दिरको आँखी झ्याल ती महिलाले फोडेको पूजारी मदन भट्टले बताएका छन् ।

बिहान ६ बजे मन्दिरको ढोका खोलेर दिउँसो दुई बजे बन्द गरिएकोमा त्यसपछि ती महिला आएर तोडफोड गरेको पूजारी भट्टले दाबी गरे ।
पूजारी भट्टले पशुपति क्षेत्र विकास कोषमा ढोका बलियो बनाइ पाउँ भनि निवेदन पनि दिएका छन् । तर पूजारी भट्ट पनि अनुसन्धानको घेरामा रहेको कोषले जनाएको छ ।

तोडफोडमा संलग्न महिलाले मन्दिरबाट तामाको नाग लिएर गएकी थिइन् । सो नाग गौशाला प्रहरीको नियन्त्रणमा रहेको जनाइएको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382