आइतबार, जेठ १८, २०७७
GokarnaNews

कांग्रेस शीर्ष नेताहरु छलफलमा व्यस्त,मिल्ला त भागवण्डा विवाद ?

कांग्रेस शीर्ष नेताहरु छलफलमा व्यस्त,मिल्ला त भागवण्डा विवाद ?

काठमाडौं – नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक बसिरहेको छ । पार्टीभित्र रहेको आन्तरिक विवाद समाधान गर्न शीर्ष नेताहरु बैठकमा बसेका हुन् ।

पार्टी सभापित शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको आजको बैठकलाई गत बुधवार भएको छलफलकै निरन्तरता मानिएको छ ।

आजको बैठकमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, उपसभापति निधि, महामन्त्री डा शशाङ्क कोइराला, नेताहरु प्रकाशमान सिंह र कृष्ण प्रसाद सिटौलालगायत नेताहरुको उपस्थित छन् ।

बैठकमा संस्थापनईतर समुहले १४ औं महाधिवेशनको सुनिश्चितता खोज्ने छन् । सभापति देउवाले बोलाएको शीर्ष नेताहरूको बैठकमा राखिने अडानका लागि पौडेल समूहले हिजो अनौपचारिक छलफल गरेको थियो ।

महामन्त्री कोइराला निवास महारागञ्जमा बसेको हिजोको बैठकले १४औं महाधिवेशन ‘स्वतन्त्र र निष्पक्ष’ हुुनुपर्ने अडान लिएको छ । पार्टी संस्थापन पक्षले आफू खुसी मनोमानी ढंगले क्रियाशील सदस्यता वितरण गर्ने तयारी गरेको भन्दै असन्तुष्ट समुहले आपत्ति जनाएको छ ।

उनीहरुले क्रियाशील सदस्यता छानबिनका लागि विशेष समिति गठनको मागसमेत गरेका छन् । गत पुस ११ गते केन्द्रिय समितिले पारित गरेको महाधिवेशनको कार्यतालिका हेरफेर गर्नुपर्ने पौडेल समुहको माग छ ।

पार्टीको आगामी महाधिवेशन तालिका, पार्टीका केन्द्रीय विभाग, भ्रातृ संस्था, शूभेच्छुक संस्था लगायत विषयमा पार्टीभित्र संस्थापन पक्ष र इतर समूहको विवाद छ ।

काँग्रेसमा गत पुस ११ गते केन्द्रीय समिति बैठकले बहुमतका आधारमा पार्टीको महाधिवेशन, केन्द्रीय विभाग, भ्रातृ संस्थासम्बन्धी निर्णय गरेपछि पार्टी सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षबीच विवाद देखिएको हो ।

पौडेल समुहले बहिष्कार गरेको उक्त बैठकले एकपक्षीय रुपले महाधिवेशनको कार्यतालिका एवं पार्टीमा विभागहरु थप्ने प्रस्ताव पास गरेको थियो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु