सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

लिभरपुलद्धारा उल्भरह्याम्पटन २–१ ले पराजित

लिभरपुलद्धारा उल्भरह्याम्पटन २–१ ले पराजित

एजेन्सी – इंग्लीश प्रिमियर लिग फुटबलमा लिभरपुलले उल्भरह्याम्पटन वान्डरर्सलाई २–१ ले हराएको छ ।

उल्भरह्याम्पटनको मैदानमा गएराति भएको खेलमा लिरभपुलका लागि रोबर्टो फर्मीनोले ८४ औं मिनेटमा निर्णायक गोल गरे ।

यसअघि लिभरपुलका जोर्डन हेन्डर्सन र उल्भरह्याम्प्टनका राउल जिमिनेजले एक एक गोल गरेका थिए ।

जितपछि लिभरपुलले दोस्रो स्थानको म्यान्चेस्टर सिटीसँग १६ अंकको अग्रता लिएको छ । लिरभपुलले २३ खेलबाट ६७ अंक जोडेको छ ।

एक खेल बढी खेलेको म्यान्चेस्टर सिटीको ५१ अंक छ । तेस्रो स्थानको लेष्टर सिटीको ४८ अंक छ भने ४० अंकको साथ चेल्सी चौथो स्थानमा रहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382