आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

वैज्ञानिक भन्छन्– “अब सबै प्रकारका क्यान्सरको उपचार हुने सम्भावना बढ्यो”

वैज्ञानिक भन्छन्– “अब सबै प्रकारका क्यान्सरको उपचार हुने सम्भावना बढ्यो”

एजेन्सी– बेलायत वैज्ञानिकहरुले मानव प्रतिरक्षा प्रणालीमा नयाँ पत्ता लागेको एक हिस्सालाई सबै प्रकारका क्यान्सरको उपचारमा प्रयोग गर्न सकिने दावी गरेका छन् ।

बेलायतको कार्डिफ विश्वविद्यालयका वैज्ञानिकको समूहले ल्याबमा प्रोस्टेट क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर लगायत अन्य कैयौँ क्यान्सरको उपचार विधि आविष्कार गरेका दावी गरेका छन् ।

वैज्ञानिकले हालै गरेको अध्ययन ‘नेचर इम्युनोलोजी’ नामक प्रतिष्ठित विज्ञान जर्नलमा प्रकाशित भएको छ । मानिसमा परीक्षण नगरिएको भए पनि अनुसन्धानकर्ताले यसमा ‘असाधारण सम्भावना’ रहेको दावी गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जीवको प्रतिरक्षा प्रणाली उसको शरीरमा हुने सङ्क्रमणविरुद्धको प्राकृतिक प्रतिरक्षा रहेको र यसले क्यान्सरगुण भएका कोषलाई पनि आक्रमण गर्ने अनुसन्धानको निष्कर्ष छ ।

कार्डिफ विश्वविद्यालका अनुसन्धादाताले मानिसको रगतमा एक विशेष टी–सेल भेटेका छन् जसले विगतदेखिको खोज पूरा भएकोजस्तो देखिएको छ । टी–सेलले शरीरबाट हटाउनुपर्ने कुनै जोखिम छ कि भनेर निगरानी गर्छ । यसमा रहेको भिन्नताले कैयौँ क्यान्सरमाथि आक्रमण गर्नसक्ने वैज्ञानिकको दावी छ ।

कार्डिफको अनुसन्धान टोलीले पत्ता लगाएको टी–सेल र रिसेप्टरले ल्याबमा कैयौँ क्यान्सरका कोषलाई मारेर देखाएको छ । तिनमा फोक्सोको क्यान्सर, रक्त क्यान्सर, स्तन क्यान्सर, हड्डीको क्यान्सर, प्रोस्टेटको क्यान्सर, ओभरीको क्यान्सर, मिर्गौलाको क्यान्सर र पाठेघरको क्यान्सरका कोष थिए ।

टी–सेल क्यान्सर थेरापी क्यान्सर उपचारमा पहिलेदेखि प्रयोगमा छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382