आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

महानगरपालिकाद्वारा काष्ठमण्डप पुनर्निर्माणका लागि थप ५ करोड हस्तान्तरण

महानगरपालिकाद्वारा काष्ठमण्डप पुनर्निर्माणका लागि थप ५ करोड हस्तान्तरण

काठमाडौं– काष्ठमण्डप पुनर्निर्माणका लागि काठमाडौं महानगरपालिकाले थप ५ करोड हस्तान्तरण गरेको छ । महानगरले बुधबार आयोजित एक कार्यक्रममा काष्ठमण्डप पुनः निर्माण समितिलाई रकम हस्तान्तरण गरेको हो । महानगरप्रमुख विद्यासुन्दर शाक्यले पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यलाई रकम हस्तान्तरण गरेका हुन् ।

३१ वैशाख २०७५ मा काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य राजेश शाक्यले संयुक्त रूपमा क्षमापूजा गरेर पुनः निर्माणको काम शुभारम्भ गरेका थिए ।

शुभारम्भ भएसगै काष्ठमाण्डप पुनर्निर्माणको थालनी गर्दा कामपाले ५० लाख रूपयाँ हस्तान्तरण गरेको थियो । त्यस्तै महानगरले २०७६ मा थप ५ करोड रकम हस्तान्तरण गरेको थियो ।

हालसम्म १० करोड ५० लाख रुपैयाँ काष्ठमण्डप पुनः निर्माणका लागि हस्तान्तरण गरिसकेको छ । काष्ठमाण्डप पुनर्निर्माण गर्न अनुमानित १८ करोड लाग्ने अनुमान छ । काष्ठमण्डपको पुननिर्माण महानगरले आफ्नै खर्चमा सम्पन्न गर्ने बताउँदै आएको छ ।

कामपाका मेयर शाक्यले भने, ‘आफ्नै खर्चमा सम्पन्न गर्छौं ,कसैसँग सहयोग माग्दैनौँ । भौतिक रूपमा देखिने प्रगति अबको प्रतीक्षा हो’ मेयर शाक्यले थपे, ‘हाम्रै कार्यकालमा सम्पुर्ण सम्पदाहरु पुनर्निर्माण सक्नेछौ ।’

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382