आइतबार, असोज ११, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

‘ए’ डिभिजन लिगः हिमालयन शेर्पालाई हराउदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

‘ए’ डिभिजन लिगः हिमालयन शेर्पालाई हराउदै थ्रीस्टार तेस्रो स्थानमा उक्लियो

काठमाडौं– उपाधि दावेदार थ्रीस्टार क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । दशरथ रंगशालामा बिहिबार भएको खेलमा थ्रीस्टारले हिमालयन शेर्पा क्लबलाई ३–१ गेलले हराउँदै तेस्रो स्थानमा उक्लिएको हो ।

थ्रीस्टारको जितमा सुशील राईले छैटौं मिनेटमा खाता खोले । सन्जोग राईले पहिलो हापको इन्जुरी समयमा दोस्रो गोल गरेका थिए । तेस्रो गोल ५० औं मिनेटमा विदेशी खेलाडी वासिउ ओलानडिरान हजमतले गरेका थिए । हिमालयन शेर्पाका लागि स्टेफेन समिरले पहिलो हाफको इन्जुरी समयमै एक गोल फर्काएका थिए ।

थ्रीस्टारका सन्जोग राई म्यान अफ दी म्याच भए । उनले १० हजार रुपैयाँ पुरस्कार पाए । जितसँगै थ्रीस्टारले आठ खेलबाट १४ अंक बनाएको छ । सात अंक बनाएको हिमालयन शेर्पा ११ औं स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्मीको सात खेलबाट १६ अंक छ । दोस्रो स्थानमा रहेको मच्छिन्द्रको पनि आठ खेलबाट १६ अंक पुगेको छ । सात खेलबाट १३ अंक बनाएको मनाङ चौथो स्थानमा छ ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु