सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी

अस्ट्रेलियाको स्थानीय चुनावमा नेपाली युवाको उम्मेदवारी

टुउम्बा– अस्ट्रेलियामा आगामी मार्च २८मा हुन गइरहेको स्थायिन निर्वाचनका लागि एक नेपाली युवाले आफ्नो उम्मेदवारी दिएका छन् । अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्ड राज्यको टुउम्बा काउन्सिल उम्मेदवारको रुपमा एकराज अधिकारीले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

विगत ११ वर्षदेखि अस्ट्रेलियाको टुउम्बा क्विन्सल्याण्डमा बसोबास गर्दै आएका एकराज अधिकारीले टुउम्बा परिषदमा आफ्नो उम्मेदवारी दिएको जानकारी दिएका छन् ।

उम्मेदवारी दिए लगत्तै एक भिडियो जारी गर्दै अधिकारीले टुउम्बा राज्यको विकासका लागि युवा सहभागितालाई प्रोत्साहित गर्न आफू लागि पर्ने पनि जनाएका छन् ।

अधिकारी दुई छोरी र श्रीमतिका साथ अस्ट्रेलियामा बसोबास गर्दै आएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382