सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

बार्सा र रियल कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

बार्सा र रियल कोपा डेल रेको अन्तिम १६ मा प्रवेश

तेस्रो डिभिजनको टोली यूडी इबिजाविरुद्ध संघर्षपूर्ण जीत निकाल्दै बार्सिलोना कोपा डेल रेको अन्तिम १६ मा प्रवेश गरेको छ । बार्सिलोनाले एक गोलले पछि परेको स्थिति उल्टाउँदै २–१ को जीत निकाल्न सफल रह्यो । बार्साको जीतमा दुवै एन्टोनी ग्रिजमानले दुवै गोल गरे ।

ह्याभी परेजको गोलको मद्दतले इबिजाले नवौँ मिनेटमा अप्रत्यासित अग्रता लिएको थियो । त्यसपछि बार्सिलोनाले खेलमा फर्कन ७२ मिनेटसम्म पर्खनुपरेको थियो । इन्जुरी समयमा ग्रिजमानले अर्को गोल थप गर्दै बार्सिलोनालाई जीत दिलाए ।

प्रतियोगिताको ३० पटकको विजेता बार्सिलोनाले पछिल्ला ५ मध्ये ४ उपाधिमाथि कब्जा जमाएको थियो ।

उता, रियल म्याड्रिडले पनि तेस्रो युनियननिस्टासलाई ३–१ गोल अन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।

रियल म्याड्रिडको जीतमा गेराथ बेल र ब्राहिम डियाजले एक–एक गोल गरे भने रियलले हुवान गोन्गोरासको आत्मघाती गोल उपहार पाएको थियो ।

युनियननिस्टासका लागि एक मात्र गोल अल्भारो रोमेरोले गरेका थिए ।

अन्य खेलमा भ्यालेन्सियाले युडी लोग्रोनेसलाई १–० गोलअन्तरले पराजित गर्यो भने टेनेरिफेले रियल भालाडोलिडले २–१ ले, रियल सोसिडाडले एस्पानियोललाई २–० ले तथा भिल्लेरियालले जिरोनालाई ३–० ले हराएको छ ।

त्यस्तै, एथ्लेटिक बिल्बाओले पेनाल्टीमा इल्चेलाई हराउँदा ग्रानाडाले बाडालोनालाई ३–१ ले पराजित गर्यो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382