शनिबार, असोज १०, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

कतारले अघि बढायो आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया

कतारले अघि बढायो आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने प्रकृया

कतार– कतार सरकारले आप्रवासी श्रमिकको न्यूनतम ज्याला तोक्ने तयारी गरेको छ । यसका लागि कानूनको मस्यौदासमेत तयार पारिएको छ । आप्रवासी श्रमिकको न्यूनतम ज्याला सम्बन्धी कानूनको मस्यौदा शुरा काउन्सिलमा छलफल पश्चात थप अध्ययनका लागि विधायिका मामिला समितिमा पठाइएको छ ।

कतारका सभामुख अहमद विन अव्दुल्लाह बिन जैद अल मोहम्मदको अध्यक्षतामा शुरा काउन्सीलले सोमवारको नियमित बैठकमा यस विषयमा छलफल गरेको थियो ।

सो बैठकमा आप्रवासी कामदारको न्यूनत तलव तोक्ने मस्यौदा समबन्धी कानूनमा छलफल भएको जानकारी प्राप्त भएको कतारी सञ्चारमाध्यमहरुले जनाएका छन् ।

मस्यौदा कानूनमा कामदारको तलव तोक्न श्रम मन्त्रालय अन्तर्गत न्यूनतम ज्याला समिति गठन हुने विषय समेटिएको छ । समितिको गठन तथा अन्य कार्य मन्त्रिपरिषदले तोके अनुसार हुने समाचारहरुमा जनाइएको छ ।

कतारले सन् २०२० को जनवरीमा आप्रवासी कामदारको न्यूनतम ज्याला तोक्ने घोषणा गरेको थियो ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु