शनिबार, असोज १०, २०७७
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

पोर्तुगलमा आप्रवासीको संख्या अहिलेसम्मकै धेरै

पोर्तुगलमा आप्रवासीको संख्या अहिलेसम्मकै धेरै

लन्डन– पोर्तुगलमा आप्रवासीको संख्या सन् २०१९ मा इतिहासमै पहिलोपटक आधा मिलियन भन्दा बढी पुगेको त्याहाँका इन्टेरियर मन्त्रीले बताएका छन् । सन् २०१८ को अन्तमा करिब ४ लाख नब्बे हजार आप्रवासी रहेकोमा सन् २०१९ मा ५ लाख ८० हजार आप्रवासी पुगेको मन्त्रीले जानकारी दिएका हुन् ।

समाजवादी नेतृत्वको सरकारले आप्रवासीहरुलाई आकर्षित गर्नको लागि खुकुलो नीति अपनाउँदै आएको छ । न्यून जन्मदर र बुढ्यौलीका कारण त्यहाँको जनसंख्यामा ह्रास आउँदै गएका कारण पोर्तुगल सरकारले आप्रवासीहरुलाई आश्रय दिंदै आएको हो ।

पोर्तुगलमा प्रत्यक वर्ष जन्मदरमा निरन्तर ह्रास आउँदै गैरहेको छ । जनसंख्या ह्रास हुने युरोप इटाली, स्पेन र ग्रिसपछि पोर्तुगल चौथो स्थानमा पर्छ । विशेष गरि महिलाहरुले आफ्नो सौन्दर्य तथा क्यारिअरलाई ध्यानमा राखेर उमेर ढल्केपछिमात्र बच्चा जन्माउने भएकाले जनसंख्यामा बढ्दो ह्रास आएको बताइन्छ ।

आप्रवासीहरुको आवश्यकता महशुस गरेर सन् २१०७ मा त्यहाँका प्रधानमन्त्रीले आप्रवासीहरुलाई प्रश्रय दिने खालको इमिग्रेशन सम्बन्धि कानून पास गरेका थिय । उक्त कानूनलाई सन् २०१८ बाट लागू गरिएको थियो । कागजपत्र नभएका आप्रवासीहरुलाई सहज गर्नको लागि आधुनिक व्यबस्था लागू गरियो जसले गर्दा पोर्तुगलमा आएर कुनै पनि काम गर्न तथा अध्यन गर्न समेत सहज बन्न पुग्यो ।

देश छाडेर अन्यत्र गएका नागरिकहरुलाई स्वदेश फर्काउनको लागि पनि नयाँ नीति लागू गरेको छ । जस अनुरुप कम्तिमा तीन वर्ष बाहिर बसेका नागरिकहरुलाई स्वदेश फर्काउने उद्देश्यले ५० प्रतिशत सम्म आयकर छुट दिने त्याहाँको सरकारले बताएको छ ।

पछिल्लो समय आप्रवासीहरुको लागि पोर्तुगल प्रमुख रोजाइको मुलुक बन्न पुगेको छ । आप्रवासी भित्र्याउने मुलुकमध्य पोर्तुगल दोस्रो स्थानमा रहेको छ । त्यहाँको नूनातम तलव स्केल मासिक ६ सय देखि ७ सय युरो निर्धारण गरिएको छ भने सन् २०२३ सम्ममा ८ सय ५० सम्म पुर्याउने लक्ष्य रहेको छ ।

गरिब मुलुकका नागरिकहरुलाई आकर्षित गरि देशको अर्थतन्त्रलाई बलियो बनाएर वैदेशिक लगानीलाई आकर्षित गर्ने नीति त्याहाँको सरकारको रहेको छ । विषेशगरी कृषि, पर्यटन लगायत अन्य उत्पादनको क्षेत्रमा लगानी गर्न अन्य युरोपियन देशहरुको तुलनाम पोर्तुगलमा बढी सम्भाव्यता रहेको छ ।

पोर्तुगल अहिले एसिया, अफ्रिका, दक्षिण अमेरिका र युरोप लगायतका नागरिकहरुको लागि गन्तव्यस्थल बन्न पुगेको छ । पोर्तुगल भित्रिनेमा नेपालीहरुको संख्या पनि उत्तिकै बढ्दै गैरहेको छ ।

सहज रुपमा कागज बन्ने भएकाले कागज बनिसकेपछि युरोपका अन्य मुलुकमा जाने सपना बोक्ने नेपालीहरुको संख्या बढ्दो छ । इमिग्रेशन नीति सहज भएपनि काम पाउन भने त्यत्ति सजिलो छैन । कृषी क्षेत्रमा काम गर्नेहरुको लागि सरकारले विशेष सहुलियत दिएको छ ।

प्रायजसो कामहरु सिज्नल हुने भएकाले सिजन नभएको समयमा बेरोजगार बस्नुपर्ने बाध्यता रहँदै आएको छ । प्रवेश गरेपछि नै काम गर्नको लागि बाटो खुल्ने भएपनि थुप्रै कागजी प्रक्रियाहरु पूरा गर्नुपर्ने हुछ । प्रत्येक महिना सरकारलाई ट्याक्स तिरेको खण्डमा विगतको तुलनामा चाडै नै कार्ड प्राप्त गर्न सकिने प्रविन कार्की बताउछन । सोचे अनुसार सहज नभएका कारण धेरैले संकटको सामान गर्नुपरेको कार्कीको बुझाइ रहेको छ ।

कमाइको लोभले मात्र नभई कागज बन्न सजिलो हुने र कागज बनेपछि अन्य मुलुकमा जान पाइने भएकोले आफूले दुख गरेर बसेको उनले बताएका छन् ।

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

सम्बन्धित समाचारहरु

वडा समाचारहरु