आइतबार, चैत १६, २०७६
GokarnaNews
OnlineKhabarHub
maya education initaitives

काठमाडौँमा खुल्यो अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर

काठमाडौँमा खुल्यो अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर

काठमाडौं – उच्च शिक्षाका लागि अष्ट्रेलिया जान चाहने विद्यार्थीहरुलाई परामर्ष दिइरहेको नायरको अगुवाईमा काठमाडौँमा अष्ट्रेलियन एजुकेसन इन्फर्मेसन सेन्टर सन्चालनमा ल्याइएको छ।

नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडल बिहिबार एक कार्यक्रमका बीच सूचना केन्द्र उद्घाटन गरेका हुन् । अष्ट्रेलिया पढ्न जान चाहने विद्यार्थीलाई यससूचना केन्द्रले सहयोग गर्ने विश्वास आफूले लिएको नायरका अध्यक्ष विज्ञान श्रेष्ठले बताए ।

कार्यक्रममा राजदूत बडलेअत्यन्त सकारात्मक काम भएको भन्दै यसले नेपाली विद्यार्थीहरुलाई ठूलो सहयोग गर्ने विश्वास लिएको बताए । कार्यक्रममा नायरका महासचिव उद्धव खड्काले उक्त सूचना केन्द्रबाट विद्यार्थी, अभिभावक तथा नेपालका अन्य सरोकारवालालाई धेरै फाइदा पुग्ने बताए ।

नेपाल शैक्षिक परामर्श संघ इक्यानका नवनिर्वाचित अध्यक्ष प्रकाश पाण्डेले शैक्षिक परामर्श क्षेत्रका लागि र अष्ट्रेलिया जान चाहनेका लागि यस सुचना केन्द्र निकै राम्रो भएको बताए ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु