मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

माघीसँगै छौठौं तारेभिर महोत्सवको रौनक

काठमाडौं  – आज माघे संक्रान्ति पर्व । घ्यू–चाकु, तिलको लड्डु र तरुल खाएर यो पर्व मनाइँदै छ । मकर संक्रान्ति नामले चिनिने माघे संक्रान्ति पर्वमा देशभरका नदी, दोभान तथा त्रिवेणीमा स्नान र देव मन्दिरहरुमा पूजापाठ गरिन्छ ।

थारु समुदायले आज माघी पर्वलाई विशेष पर्वका रुपमा मनाउँदैछन् ।

खासगरी चितवन–नवलपरासीको देवघाट, गुल्मी र पाल्पाको संगमस्थल रिडी, नुवाकोट–रसुवा सीमाको उत्तरगया अर्थात् वेत्रावतीलगायत नदी किनारमा आज भक्तजनको विशेष मेला लागेको छ ।

माघीसँगै काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नं ३ स्थित रहेको तारेभिरमा छौठौं तारेभिर महोत्सव आजबा सुरु भएको छ । वागमती प्रदेश,गोकर्णेश्वर नगरपालिका,बूढानिलकण्ठ नगरपालिकाकाको आर्थिक सहयोगमा तारेभिर महोत्सब कार्यसमितीको आयोजनमा आज र भोली महोत्सब चल्ने तारेभिर महोत्सब कार्यक्रमका संयोजक हर्क बहादुर तामाङले जानकारी दिए ।

संयोजक तामाङका अनुसार आफ्नो गाँउको पहिचान र चिनारीका साथै गाँउलाई सामाजिक आर्थिक र धार्मीक रुपमा समेत उजागर गर्न महोत्सब महत्वपूर्ण माध्यम भएको बताए । महोत्सवमा स्थानियका व्यापार व्यवसाय, स्थानिय परिकार र कृषि क्षेत्रका उत्पादनहरु स्टलमा रहनुका साथै स्थानिय कलाकारले सांस्कृतिक कार्यक्रम गर्दै बेजोड प्रस्तुती दिने संयोजक तामाङको भनाई छ ।

महोत्सवको उद्घाटन वागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गर्दैछन् । उद्घाटन नेकपाका अध्यक्ष पुष्पकमल दाहालद्धारा गरीने भनिएपनि अध्यक्ष प्रचण्ड कार्य व्यस्तताले महोत्सवमा जान नभ्याएपछि मुख्य मन्त्री पौडेलले उद्घाटन गर्न लागेका हुन । अहिले उद्घाटन सत्र चलिरहेको छ ।

उद्घाटनमा नेपाली कांग्रेसका नेता प्रकाशशरण महत, काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राई,प्रदेश सभा सदस्य रामेश्वर फुयाँल, गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे,बूढानिलकण्ठ नगरपालिका प्रमुख उद्धव खरेल , स्थानिय जनप्रतिनिधि लगाएतको उपस्थिती रहेको छ ।
महोत्सवमा स्थानियहरु आफ्नो जातिय भेषभुषासहित सजिएर महोत्सवमा आएका छन ।