बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

चेपाङ्ग समुदायका ११५ बालबालिकाहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री विवरण गरीदैं

चेपाङ्ग समुदायका ११५ बालबालिकाहरुलाई लत्ताकपडा र शैक्षिक सामाग्री विवरण गरीदैं

मकवानपुर –  चेपाङ्ग समुदायका  ११५ जना बालबालिकालाई लत्ता कपडाका साथै शैक्षिक सामाग्री वितरण गरिने भएको छ ।

मकवानपुर राक्सिराङ्ग गाउँपालिका मकलदमारमा रहेका चेपाङ्ग समुदायका बालबालिकालाई विभिन्न व्यक्तिले सहयोग गर्न लागेका हुन । नेपालमा स्थायी घर भई हाल ताईवानमा रहँदै अएका कर्मा धिन्वुप र रामेश्वर शर्मा भुर्तेलले एक कार्यक्रमकाबीच सहयोग हस्तान्तरण गर्न लागेका हुन ।

आउदो माघ ६ गते श्री जनसेवा प्राथमिक बिद्यालयमा एक कार्यक्रमको आयोजना गरी लत्ताकपडा र शौक्षिक सामग्री वितरण कार्यक्रम गर्न लागिएको कर्मा धिन्वुपले बताए ।

प्रदेश र केन्द्र सँग जोडिएको मकवानपुरका चेपाङ बस्तीका बालबालिका अन्य क्षेत्रका बालबालिकाको भन्दा अत्यन्त दयनीय छ ।

जनसेवा प्राथमिक बिद्यालयका अवोध बालबालिकाहरु भने आफ्नो भविश्य खोज्दै खाली खुट्टा च्यात्तिएको कपडा लगाएरै भएपनी क ख चिन्न स्कुल जान्छन् । घरमा बाबु आमाले घर कै काम गर्नु भनेर स्कुल नपठाए पनि आफुहरु स्कुल जसो तसो आउने गरेको कक्षा २ मा पढिरहेकी नेमा चेपाङले बताइन् ।

थोरै खोरियाबारी छन्, घरमा अन्न सकिएको छ । बाबु मजदुरी गर्न गए । आमा बिहानै मेलामा गइन् । घरमा खानेकुरा नभएपछि उनी अँगेनाको छेउबाट उठेपछि घाम ताप्न निस्किए । केहीबेरको घाम तापेपछि उनी किताब बोकेर खाली खुट्टै विद्यालय निस्कन्छन् । यस्तो विडम्वना र संघर्षका बाबजुत विद्यालय जाने र शिक्षाको ज्योती लिने ध्ययेमा छन् चेपाङवस्तीका बालवालिका ।

रामेश्वर शर्माको नेतृत्वमा ११५ जना चेपाङ समुदायका बालबालिकाको लागि शैक्षिक तथा खेलकुद सामाग्री बितरण गर्न लागिएको हो । शर्मा नेपालमै विभिन्न सामाजिक कार्यमा जोडिदै आएका छन ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382