आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

साँखुमा दुई स्कारपियोसँग मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

साँखुमा दुई स्कारपियोसँग मोटरसाइकल ठोक्कियो, एकको मृत्यु

काठमाडौं – शङ्खरापुर नगरपालिकाको साँखुमा मोटरसाइकल दुर्घटना हुदाँ सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ का २४ वर्षीय शिव सुनारको मृत्यु भएको छ।

काठमाडौंबाट मेलम्ची जाँदै गरेको बा ६४प ६८०९ नंको मोटरसाइकल साँखु बजार नपुग्दै ओरालोमा दुर्घटनामा परेको हो।

उनीसँगै मोटरसाइकलमा सवार सोही ठाउँकै घाइते सागर श्रेष्ठको नारायणटारस्थित शङ्खरापुर अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए।

प्रहरीका अनुसार उक्त मोटरसाइकल नेपाली नम्बरप्लेट र भारतीय नम्बरप्लेट रहेको दुई स्कारपियोमा ठोक्किएर दुर्घटना भएको हो।

चाबहिलबाट साँखु जाँदै गरेको बा१६च ८७७० नंको स्कारपियो सडकको बीचमा रोकिराखेको र उक्त स्कारपियोले ढोका खोल्दा मोटरसाइकल ढोकामा ठोक्किएर अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बीआर०६पिडी४०५९ नंको भारतीय स्कारपियोले थप ठक्कर दिएको हुनसक्ने प्रहरीको भनाइ छ।

प्रहरीले दुवै स्कारपियो चालकलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382