आइतबार, जेठ १८, २०७७
GokarnaNews

प्रदेश ३ को राजधानी हेटौंडा भएको खुसीयालीमा विद्यालय बन्द

प्रदेश ३ को राजधानी हेटौंडा भएको खुसीयालीमा विद्यालय बन्द

मकवानपुर – प्रदेश ३ को स्थायी राजधानी हेटौंडा कायम भएकोमा प्रदेशकै अन्य जिल्लाका बासिन्दाले असन्तुष्टि पोखिरहेका छन् । अपायक स्थानमा राजधानी राखेको भन्दै जनप्रतिनिधिको आलोचना भइरहेको छ ।

राजधानीलाई लिएर प्रदेश ३ का बासिन्दामा असन्तुष्टि बढिरहे पनि मकवानपुर जिल्लामा भने खुसीयाली छाएको छ । राजधानी पाएको खुसीमा विद्यालय बन्द गर्नेदेखि घरजग्गा व्यवसायीले जनप्रतिनिधिहरुलाई बधाईसम्म दिएका छन् ।

प्रदेश ३ को राजधानी हेटौंडा कायम भएको खुसीयालीमा विद्यालय नै बन्द गरिएको छ । हेटौंडा उपमहानगरपालिका ६ नं वडा कार्यालयले वडाभित्रका सबै विद्यालयमा सोमबार छुट्टी दिएको हो ।

सहायक वडा प्रशासकीय प्रमुख इन्दिरा कुमारी न्यौपानेद्वारा जारी सूचनामा प्रदेशको नाम बागमती र राजधानी हेटौंडा भएको सुखद् उपलक्ष्यमा पुस २८ का दिन वडाभित्रका निजी तथा सामुदायिक विद्यालयको पठनपाठन बन्द गर्न भनिएको छ ।

तर हेटौंडा उपमहानगरपालिका ६ का वडाध्यक्ष अर्जुन चापागाईंले भने विद्यालय छुट्टी नदिएको दाबी गरे ।

बिहान केहीबेर खुसीयाली मनाएर त्यसपछि पठनपाठन यथावत् सञ्चालन गरिएको उनको भनाइ छ । ‘खुसीयाली मनाउने क्रममा केही कक्षा नभएको हुनसक्छ । तर विद्यालय नै बन्द गरिएको होइन’, वडाध्यक्ष चापागाईंले भने ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु