बुधबार, फागुन ०७, २०७६
GokarnaNews
OnlineKhabarHub

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बिरुद्ध फैलाइयको भ्रम प्रयोजित तथा श्रमिक बिरोधी अफवाह

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बिरुद्ध फैलाइयको भ्रम प्रयोजित तथा श्रमिक बिरोधी अफवाह

योगदानमा आधारित सामाजिक सुरक्षा को बिषयमा अहिले श्रम बजार तातियको अबस्था छ । श्रम बजारमा कतिपय जायज चासो र चिन्ताको साथ यसको कार्यान्वयन को बिषयमा छलफल र चर्चा भयको पाइन्छ भने कतिपय यो कार्यक्रम असफल गराउनको लागि गोहिको आँसु बगाएको देख्न सकिन्छ । नेपाली श्रमिकहरुको दसकौ लामो बलिदानीपुर्ण संघर्षको परिणामस्वरूप नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम कार्यान्वयन मा आएको यथार्थ भुल्न हुदैन । नेपालको सन्दर्भमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम बिल्कुल नयाँ अबधारणा हो । यसको कार्यान्वयन पनि श्रमिकहरुको सकारात्मक बुझाइ, ब्याबहारिक रुपमा देखियका समस्याको कानुनी रुपमा समाधान , कानुन र राज्य प्रतिको बिस्वास तथा श्रमिक र रोजगारदाता हरुको हितको प्रत्याभूति हुनसके मात्र सफल हुन सक्छ । यसका निमित्त नेपाल सरकार सामाजिक सुरक्षा कोष तथा सरोकार वाला पक्ष लाग्न जरुरी छ । श्रमिक हरुलाइ नै भ्रमित पर्ने गरि कतिपय बिद्वानहरुले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम श्रमिक हित बिपरित छ भनी खुब तर्क गरेको पढ्न र सुन्न पाइन्छ ।खासमा वहाँ हरुको ती तर्कहरु प्रयोजित छन भन्न सकिन्छ । यसमा श्रमिकको हित भन्दा दलाल मालिकहरुको हितमा रहेको स्पष्ट देख्न सकिन्छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको बिरुद्ध फैलाइयको भ्रम प्रयोजित तथा श्रमिक बिरोधी अफवाह भन्दा बढी केही होइन । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सफल कार्यान्वयन आम श्रमिक का निमित्त नयाँ युगको सुरुवात नै हो ।

श्रम ऐन २०७४ को दफा १७८ (३) मा श्रमिक ले खाइपाइ आएको सेवा सुबिधा नघट्ने कुराको स्पष्ट ब्यबस्था गरेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमले समेटेको सेवा सुबिधा त्यसबाट लिने र त्यस भन्दा बढी सेवा सुबिधा खाइपाइ आयको श्रमिकहरुले सम्बन्धित रोजगारदाता बाट नै अन्य सुबिधा प्राप्त हुने ब्यबस्था कानुन ले गरेको छ । यति स्पष्ट कानुनी ब्यबस्था हुँदा हुँदै खाइपाइ आयको सुबिधा घट्छ भनेर गरिने हल्लाले श्रमिकलाई होइन दलाल पुजिपतीलाई फाइदा हुने कुरामा दुइमत छैन । यस्ता भ्रमलाइ आम श्रमिक , ट्रेड युनियन लगायतका सरोकारवाला सबैले अभियानात्मक रुपमा खारेज गरि श्रमिकका निमित्त योगदानमा आधारित सामाजिक सुरक्षा को महत्व अझ स्पष्ट पार्न जरुरी छ ।नेपालमा बिगत देखिनै संचय कोष , उपदान लगायतका सुबिधा प्रदान गर्ने संगठित निजि प्रतिष्ठानहरु अन्दाजी १० /१५ प्रतिशत भन्दा बढी छैनन् । अन्य संगठित निजि क्षेत्रमा न्युनतम तलब सम्म नदिएर काममा लगायको कुरा घाम जत्तिकै छर्लङ्ग छ ।यस्तो अबस्थामा त्यहाँ कार्यरत श्रमिकहरुको योगदानमा आधारित सामाजिक सुरक्षामा सूचीकरण हुँदा न्युनतम तलब भत्ता, उपचार खर्च दुर्घटना बिमा लगायतको सुबिधा को सुनिश्चितता हुन्छ । न्युनतम तलब भत्ता समेत प्राप्त नगरेका श्रमिकका निमित्त सामाजिक सुरक्षा मार्फत प्राप्त हुने सुबिधा ले साच्चिकै नयाँ युगको सुरुवातको आभास दिनेछ । नेपालको संगठित निजि क्षेत्रमा काम गर्ने ८० प्रतिसत भन्दा बढी श्रमिकहरुले अहिले सम्म संचय कोष उपदान लगायतका सुबिधाहरु प्राप्त गरेका छैनन् । त्यस्ता ठाउको श्रमिकका लागि सामाजिक सुरक्षा ज्यादै महत्वपुर्ण बिषय बनेको छ ।

सामाजिक सुरक्षाको सफल कार्यान्वयन का लागि केही अप्ठेराहरु लाई फुकाउनु पर्ने देखिन्छ । भने केही सुरक्षाको योजनाहरु थप गर्नु पर्ने देखिन्छ । औषधी उपचार सम्बन्धी योजनामा आश्रीत परिवारको समेत उपचार सम्बन्धी ब्यबस्था थप गर्नु पर्ने , पेन्सन सम्बन्धी ब्यबस्था उपदानको ८.३३५ बाट संचालन गरि संचयकोषमा जम्मा भयको रकम श्रमिक अबकास हुदा एकमुस्ट भुक्तानी दिने ब्यबस्था कायम गर्न सके अझ प्रभाव कारी हुने देखिन्छ । पेन्सनमा सरकार समेतको केही योगदान भय अझ बढी राम्रो सन्देश जने थियो । यसरी सरकारले समेत निश्चिति प्रतिसत योगदान गर्ने ब्यबस्था गर्दा सम्पुर्ण श्रम क्षेत्रलाई सामाजिक सुरक्षाको दायरामा कसिलो तरिका बाट समेट्न सकिन्थ्यो ।
कतिपय सार्बजजिक संचार तथा सामजिक संजालमा बिना तुकको सामाजिक सुरक्षाको विरुद्ध गरिने प्रचारलाइ समेत राज्यले नियमन गर्न जरुरी छ ।सामाजिक सुरक्षामा सूचीकरण भै सकेका श्रमिकहरुको समेत संचय कोषको कार्यालयले विभिन्न खाल्का समस्या देखायर संचयकोषको आफ्नै रकम लिन पनी जुन प्रकारले झन्झट खेपी रहेका छन् त्यसलाइ तुरुन्त समाधान गर्न पर्छ । योगदानमा आधारित सामाजिक सुरक्षा मा सहभागिता कानुनको बध्यात्मक अबस्था हो ।यसलाइ विशेष अबस्थाको रुपमा संचयकोषले बुझ्नु पर्दछ र नेपाल सरकारले समेत संचयकोषको कार्यालयलाई त्यसै बमोजिम निर्देशन दिन जरुरी छ ।सामाजिक सुरक्षा कोषमा सूचीकरण भयको श्रमिकले उसले चाहेको बेलामा संचय कोषमा जम्मा रकम बिना झन्झट झिक्न पाउनु पर्छ ।

अन्तमा योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको सफल कार्यान्वयनले मात्र नेपाली श्रमिकलाई जोखिम र असुरक्षा बाट जोगाउन सकिन्छ ।यो आम श्रमिक को पक्षमा छ । हिजो सामाजिक सुरक्षा कार्यक्रमबाट पाउने सुबिधा भन्दा बढी सुबिधा पाएका श्रमिक हरुको पनि प्राप्त सुबिधा घट्दैन , अझ एकीकृत सामाजिक सुरक्षाको डालो भित्रबाटै सबै सुबिधा प्राप्त हुन्छ । त्यसैले आम श्रमिकहरु उडन्ते भ्रममा नपरी समाजिक सुरक्षाको छातामा समाहित हुनु नै आजको सहि निर्णय र भबिष्यको सुरक्षा हो ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382