सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

प्रदेश ३ को नाम नेवाः ताम्सालिङ राख्नुपर्ने भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयले प्रदेश नं ३ को नाम बागमती र राजधानी हेटौंडा राख्ने निर्णय गरेपछि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपाले प्रदेश नं ३ को नाम बागमती राख्ने प्रस्ताव अघि सारेपछि आदिवासी जनजातिहरुले विरोध जनाएका छन् । काठमाडौंको माइतीघर मण्डलामा उपस्थित भएर विरोध प्रदर्शन भएको छ ।

राज्यको पुनर्संरचना पञ्चायतकालीन नाम नै प्रस्ताव गरेको भन्दै नेपाल आदिवासी जनजाति महासंघ, नेवाः ताम्सालिङ संयुक्त संघर्ष समिति लगायतले विरोध जनाएका हुन्।

नेपालका आदिवासी जनजातिहरुको मुख्य मुद्दाको रुपमा रहेको पहिचान र अधिकार सहितको राज्यको पुनः संरचना गर्ने गराउने आवश्यकता र अभियानको विरुद्ध सत्तारुढ दल लागेको भन्दै उनीहरुले विरोध जनाएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382