आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालयलमा नकाबधारीको आक्रमण

दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालयलमा नकाबधारीको आक्रमण

दिल्ली – भारतको राजधानी दिल्लीमा रहेको जवाहरलाल नेहरु विश्वविद्यालयल क्याम्पसमा भएको हिंसाको चौतर्फी निन्दा र आलोचना भएको छ । विश्वविद्यालय प्रशासनले आइतबार बेलुका क्याम्पस तथा पुस्तकालयमा भएको आक्रमणको निन्दा गरेको छ ।

जेएनयूका रजिस्ट्रारले वक्तव्य जारी गरेर जानकारी दिएका छन् कि जनवरी १ देखि विश्वविद्यालयमा शीतकालीन सत्र सुरु भएको थियो र त्यसपछि विद्यार्थीको रजिस्ट्रेशन भइरहेको थियो ।

तर ३ जनवरीमा रजिस्ट्रेशनको विरोध गरिरहेको एक गुट कम्युनिकेशन एण्ड इन्फर्मेशन सर्विसेज परिसरमा आएर इन्टरनेट सर्वर काम नगर्ने बनाएको उनले उल्लेख गरेका छ । प्रहरीमा यसबारे उजुरी गरिएको थियो ।

त्यसपछि जनवरी ४ देखि पुनः रजिस्ट्रेशन सुरु भएको थियो । तर विद्यार्थीहरुको एक समूहले इन्टरनेटसँगै विद्युत आपूर्ति पनि बन्द गरे । विरोध गर्नेहरुले विश्वविद्यालयका केही भवन पनि बन्द गरेका थिए । जनवरी ५ मा रजिस्ट्रेशन गराएका विद्यार्थीहरु क्याम्पस भवन गएका थिए तर उनीहरुलाई रोकियो ।

जनवरी ५ अर्थात आइतबार दिउँसो रजिस्ट्रेशनको विरोध गरिरहेका तथा रजिस्ट्रेशन गराएका विद्यार्थीबिच क्याम्पससँगै होस्टेल परिसरमा हात हालाहाल भएको जेएनयू प्रशासनले जनाएको । बेलुका साढे ४ बजे रजिस्ट्रेशनको विरोध गरेकाहरुले रजिस्ट्रेशन गराइरहेका विद्यार्थीहरुलाई कुटेको प्रशासनले जनाएको छ ।

त्यसपछि नकाब लगाएका व्यक्तिहरुको समूहले होस्टेलका कोठामा पसेर विद्यार्थीहरुलाई लौरी तथा रडले आक्रमण गरेको जेएनयू प्रशासनले जारी गरेको बयानमा उल्लेख छ । नकाब लगाएर आक्रमण गर्नेहरु भारतको सत्तारुढ भारतीय जनता पार्टीको राष्ट्रिय स्वयंसेवक संघ अन्तर्गतको विद्यार्थी संगठन अखिल भारतीय विद्यार्थी परिषद(एविभिपी) का सदस्य रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा जेएनयू छात्र संघका अध्यक्षसहितका विद्यार्थी घाइते भएका छन् । ५० जना भन्दा बढीको समूहमा आएका नकाबधारी एविभिपीका सदस्यहरुले आक्रमण गरेका हुन् ।

घटनापछि दिल्ली सरकारले प्रहरीको तैनाथी बढाएको छ । यस्तै घटनाको विरोधमा जेएनयूको मुल गेट तथा दिल्ली पुलिसको हेडक्वाटरको बाहिर प्रदर्शन भएको छ । जेएनयूमा भएको घटनाको विरोधमा मुम्बईमा पनि विरोध प्रदर्शन भएको छ । आइतबार मध्य राति गेटवे अफ इन्डियाको बाहिर विभिन्न कलेजका विद्यार्थीले विरोध प्रदर्शन गरेका छन् ।

दिल्ली प्रहरीको हेडक्वाटर बाहिर भएको विरोध प्रदर्शनको क्रममा विद्यार्थी तथा प्राध्यापकको एक समूहले प्रहरी प्रवक्ता एमएस रंधावासँग भेट गरेर आफ्नो माग राखेका छन् । उनीहरुले घाइते विद्यार्थीको उपचार गरिनु पर्ने, आक्रमणकारीलाई पक्राउ गरिनु पर्ने र विश्वविद्यालयलाई सामान्य अवस्थामा फर्काइनु पर्ने माग गरेका छन् ।

उनीहरुलाई घाइते विद्यार्थीलाई भर्ना गरिएको एम्स ट्रमा सेन्टर भने दिइएको छैन ।

जेएनयूमा भएको घटनाको भारतीय कांग्रेसका नेता राहुल गान्धीले गम्भीर निन्दा गरेका छन् । जेएनयूका विद्यार्थी तथा प्राध्यापकमाथि भएको हिंस्रक आक्रमणले स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् ।

फासीवादी सत्ता बहादुर विद्यार्थीहरुको आवाजबाट तर्सिएर यस्तो निच कर्ममा उत्रिएको उनले आरोप लगाएका छन् । जेएनयूमा भएको आक्रमणले बढ्दै गएको डरको वातावरणलाई देखाउने उनले उल्लेख गरेका छन् ।

गृह मन्त्री अमित शाहले जेएनयू घटनाको तत्काल अनुसन्धान गर्न आदेश दिएको जनाइएको छ । यस्तै विदेश मन्त्री एस जयशंकर तथा अर्थ मन्त्री निर्मला सीतारमणले पनि घटनाको निन्दा गरेकी छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382