सोमबार, फागुन ०५, २०७६
GokarnaNews
OnlineKhabarHub

ब्यूरोको प्रहरी हौ भन्दै धम्क्याउँदै हिँडेको अवस्थामा कागेश्वरी मुलपानीबाट दुई पक्राउ

ब्यूरोको प्रहरी हौ भन्दै धम्क्याउँदै हिँडेको अवस्थामा कागेश्वरी मुलपानीबाट दुई पक्राउ

काठमाडौं–‘हामी ब्यूरोको प्रहरी हौं’ भन्दै धम्क्याउँदै हिँडेको अवस्थमा २ जनालाई कागेश्वरी नगरपालिका–७ मुलपानी थापागाउँबाट बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक ईन्द्रवती गाउँपालिका घर भई हाल भक्तपुर कमलविनायक बस्ने २६ वर्षीय सुमित श्रेष्ठ र सोही स्थान च्यामासिङ बस्ने २९ वर्षीय राज कुमार नेपाल रहेका छन् ।

महानगरीय प्रहरी बृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई बा ८५ प ६२७४ नम्बरको मोटरसाइकल, पकेट पर्स ४ थान, मोवाईल ४ थान, चाँदीको सिक्री १ थान र नगद २१ हजार ९ सय ३५ रुपैयाँ सहित फेला पारी नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382