मङ्गलबार, बैशाख २८, २०७८
GokarnaNews

आलाइन खबर हवको दैनिकी समाचार भदौ ५

विश्व सम्पदामा सुचिकृत बौद्धनाथ स्तुपा अगाडीबाट सुरु भयो ‘भिजिट नेपाल २०२०’को उद्घाटन

काठमाडौं – विधिवत रूपमा आजबाट ‘भिजिट नेपाल नेपाल २०२०’ अर्थात् नेपाल भ्रमण वर्ष सुरु भएको छ। भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम भने औपचारिक रूपमा दिउँसो ४ बजे दशरथ रंगशालाबाट राष्ट्रपति विद्यादेवी भण्डारीले गर्दै छिन ।

तर विभिन्न जिल्ला स्थानिय तहहरुमा भने विभिन्न कार्यक्रम गरी भ्रमण बर्षको उद्घाटन भएका छन । विश्वसम्पदामा सुचिकृत बौद्धनाथ स्तुपाको मुल गेटबाट विहान एक कार्यक्रम गरी भ्रमण बर्षको उद्घाटन भएको छ । बौद्धनाथ क्षेत्र बिकास समितिको आयोजनामा भएको कार्यक्रममा काठमाडौं क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य कृष्ण राईले नेपाल भ्रमण बर्षको उद्घाटन भएको घोषणा गरे ।

बौद्धनाथ स्तुपाको मुलगेटबाट सुरु भएको ¥याली बौद्धनाथ परिसर वरीपरी हुँदै तामाङ कल्याण गुठी अगाडी पुगेर कोणसभामा परिणत भएको थियो ।

कोण सभालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद कृष्ण राईले सरकारले लिएको विकास र सम्बृद्धीको लक्षलाई भ्रमण बर्ष २०२० ले टेवा पु¥याउने विश्वास व्यक्त गरे । उनले भने ‘विश्व सम्पदामा सुचिकृत बौद्धनाथ स्तुपा हाम्रै सम्पति हो । हामीलेनै यसको संरक्षण,सम्र्बधन साथै प्रचारप्रसार हामीनेनै गर्नुपर्छ । प्रचुर मात्रामा पर्यटक भित्र्याएर देशको आर्थिक वृद्धीमा उल्लेख्य सुधार ल्याउन सबै तह र तप्काबाट लाग्नुपर्छ ।’

सांसद राईले भ्रमण बर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारले लिएको लक्षलाई पुरा गराउने जिम्मा सबै नागरिकको भएको बताए । उनले भ्रमण बर्ष सफल बनाउन सरकार एक्लैले मात्र गरेर सम्भव नहुने भन्दै सबैले आ-आफ्नो क्षेत्रबाट टेवा पु¥याए लक्ष धेरै टाढा नरहेको उल्लेख गरे ।

¥यालीमा नेपालको राष्ट्रिय झण्डा,भ्रमण बर्षको लागोसहितका व्यानर,बाजागाजा र विभिन्न भेषभुषामा स्थानियहरु सहभागी भएका थिए । ¥यालीमा करिव एक हजार भन्दा बढीको उपस्थिति रहेको बौद्धनाथ क्षेत्र विकास कोषका अध्यक्ष चन्द्रमान श्रेष्ठले जानकारी दिए । उनले ‘नेपाल सरकारको कार्यक्रम दिउँसो भएतापनि वौद्धनाथस्तुपा देशको महत्वपूर्ण सम्पदा हाम्रा अगाडी भएकोले पनि हामी स्तुपा अगाडीबाटै उद्घाटन गरेको बताए । बौद्धनाथ स्तुपाको संरक्षण, सम्बर्धन गर्ने समितिबाटै यसको प्रचार प्रसार अझ होस भन्ने हेतुलेनै भ्रमण बर्षको उद्घाटन कार्यक्रम गरिएको उनको भनाई थियो ।

यता नेपाल सरकारले भने रंगशालामा हुने भव्य समारोहबाट भिजिट नेपाल २०२० को उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने तय भएको छ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्नेछन्। उद्घाटन समारोहमा उपराष्ट्रपति, प्रधानन्यायाधीश, राष्ट्रिय सभामा अध्यक्ष, नेकपा अध्यक्ष, प्रमुख प्रतिपक्ष दलमा नेता, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसद, प्रधानसेनापति, नेपाल प्रहरीका महानिरीक्षक, सशस्त्र प्रहरीका महानिरिक्षक, पर्यटन व्यवसायी तथा आम जनसमुदायको उपस्थितमा उद्घाटन कार्यक्रम हुने भएको छ।

यसका साथै उद्घाटन कार्यक्रममा भारत, चीन, लगायत ५ भन्दा बढी देशका पर्यटनमन्त्रीको समेत उपस्थिति हुने बताइएको छ। उद्घाटनको लागि भिजिट नेपाल २०२० को सचिवालयले २ करोडभन्दा बढी रकम खर्च गर्ने तयारी गरेको छ। काठमाडौंबाहेक पनि सातै प्रदेशमा एकैपटक भिजिट नेपाल २०२० को उद्घाटन हुने भिजिट नेपाल २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले जानकारी दिए। उनका अनुसार उद्घाटनको सबै तयारी पूरा भएको छ भने समारोहमा सहभागी हुन आउने विदेशी पाहुना पनि नेपाल आइसकेका छन्।