आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

सांसद चौधरी कलेज ड्रेसमा,भन्छिन् ‘बच्चैदेखि ड्रेस लगाएर पढ्न जाने रहर थियो,अब पूरा भयो’

सांसद चौधरी कलेज ड्रेसमा,भन्छिन् ‘बच्चैदेखि ड्रेस लगाएर पढ्न जाने रहर थियो,अब पूरा भयो’

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरी कलेज ड्रेस लगाएर कलेज गएकी छिन्।

प्रतिनिधिसभा सांसद चौधरीले यसै वर्ष माध्यमिक शिक्षा परीक्षा (एसइई) पास गरेकी थिइन्।

चौधरीले केही समयअघि कलेज सुरू गरेको भए पनि सोमबारदेखि ड्रेस लगाएरै कक्षाकोठामा पढ्न पुगेकी हुन्।उनले काठमाडौं कोटेश्वरस्थित हिमालय कलेजमा कानुन विषय पढिरहेकी छन्।

उनले कलेज ड्रेस लगाएको फोटो सोमबार आफ्नो फेसबुकमा राखेकी छन्।‘मलाई कानुन पढेर जान्नु छ,’ चौधरीले भनिन्, ‘कानुन पढाइ हुने कलेज नै रोजेकी हुँ।’

उनले यसअघि रत्नराज्य क्याम्पस भर्ना भए पनि पढिनन्। सांसद चौधरी बिहान ६ देखि १० बजेसम्म कलेज पढ्छिन्।


‘कलेज जान थालेको धेरै भइसक्यो। तर आजदेखि कलेजकै युनिफर्ममा जान थालेकी हुँ,’ उनले भनिन्।

कलेज प्रशासनले हालै सबै विद्यार्थीलाई तोकिएको पोशाक लगाएर आउन सूचना जारी गरेको थियो।कलेजको सूचनापछि आफूले पनि युनिफर्म सिलाएर लगाएको उनले बताइन्।

उनलाई कलेज युनिफर्ममा देखेर शिक्षकहरू खुसी भए। उनका सहपाठीले हामीजस्तै देखिएको भन्दै रमाए।

‘युनिफर्ममा देखेर सरहरू खुसी हुनुभयो। विद्यार्थी साथीहरूले पनि दिदी आज त हजुर पनि हामीजस्तै देखिनुभयो भन्दै खुसी भए,’ उनले भनिन्।

कलेज जाने आफ्नो सानैदेखिको इच्छा पूरा हुँदै गएकोमा चौधरी पनि खुसी छिन्।

‘बच्चैदेखि ड्रेस लगाएर पढ्न जाने रहर थियो। अब पूरा भयो,’उनले भनिन्। सांसद चौधरी पहिले १८ वर्ष कमलहरी जीवन बिताएकी थिइन्।उनी दाङ घोराहीकी बासिन्दा हुन्।उनले तुलसीपुरस्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसइई दिएकी थिइन्।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382