आइतबार, फागुन ०४, २०७६
GokarnaNews
OnlineKhabarHub

स्नातक तह व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित

स्नातक तह व्यवस्थापन संकायको परीक्षाफल प्रकाशित

कास्की– पोखरा विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले यस वर्षको व्यवस्थापन सङ्कायअन्तर्गत स्नातक तहको परीक्षाफल प्रकाशित गरेको छ ।

विश्वविद्यालयले स्नातक तह सातौं र आठौं सेमेष्टरको नियमित तथा पुनः परीक्षाको सबै कार्यक्रमका परीक्षाफल प्रकाशित गरेको हो ।

विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुङ्गानाका अनुसार बीबीए, बीबीए–बीआई, बीबीए–टीटी, बीएचएम, बीएचसीएम, र बीसीआइएस कार्यक्रमका परीक्षामा ७८.५३ प्रतिशत र बीसीए कार्यक्रममा ७७.४४ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएका छन् ।

सम्बन्धित समाचारहरु

वडा समाचारहरु

//onemboaran.com/afu.php?zoneid=2767382